गृहपृष्ठ ∕
नेपाल ∕
नक्कली पेस्तोल देखाएर लुटपाट गर्न खोज्ने दुई जना पक्राउ नक्कली पेस्तोल देखाएर लुटपाट गर्न खोज्ने दुई जना पक्राउ
सुनसरी । सुनसरीको इटहरीमा नक्कली पेस्तोल देखाएर लुटपाट गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर–६ का सर्वसाधारणलाई आतंकित बनाइ लुटपाट गर्ने योजना बनाइरहेका दुई जनालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ पर्नेमा धनकुटा छथर जोरपाटी गाउँपालिका–५ का ३० वर्षिय दावा छिरिङ शेर्पा र विराटनगर महानगरपालिका–१५ का ३५ वर्षिय शिरिस बोहरा रहेका छन् । पक्राउ परेका बोहोराको साथबाट मेड इन चाइना लेखिएको नक्कली पेस्तोल बरामद गरिएको छ ।
दुवै जनालाई सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि कानुनी कार्वाहीको प्रक्रिया अगाडि बढाइएको पनि प्रहरीले जनाएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको
काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन
काठमाडौ । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसार
ताप्लेजुङ । समुद्री सतह बाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङ सम्म मोटरसाइकल यात्रा गरिएको छ ।
नवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन
तनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक