Techie IT
२०८१ कात्तिक ३०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालरूसी सेनामा कार्यरत थप एक नेपालीको निधन

रूसी सेनामा कार्यरत थप एक नेपालीको निधन


काठमाडौँ । रुसी सेनामा कार्यरतरसुवाको नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको निधन भएको छ । उनी गत भदौ अन्तिमतिर रोजगारीका लागि क्रोयसिया गएका थिए ।

मृतकका आफन्त बुद्धि मोक्तानले कार्तिक अन्तिममा क्रोयसिया छु भनेर कुरा भएको जानकारी दिएका छन् । उनले भने, ‘केही दिनपछि जंगलको बाटो भएर रुस जाने भएकाले नेट नलाग्ने भनेका थिए, पछि दुःखद खबर आयो ।’ अहिले उनको मृत्युको खबरले उनको परिवार शोकमा डुबेको छ । यससँगै रुसी सेनामा ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ ।

उनको २६ दिनअघि मृत्युको भएको खबर आएको र शव ल्याउनेबारे कुरा भइरहेको नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर तामाङले बताएका छन् । रुसमा रहेका चन्द्र तामाङ नाम गरेका व्यक्तिले उनको मृत्यु भएको खबर परिवारलाई गरेका थिए । नेपाली सेनामा जागिरे सुन्दर सशस्त्र द्वन्दमा माओवादीको दबाबपछि जागिर छाडेका थिए । परिवार पाल्न उनले निर्माण व्यवसाय कम्पनीमा पनि काम गरेका थिए । श्रीमानको मृत्युको खबर सुनेपछि ओमानमा रहेकी उनकी श्रीमती पातली मोक्तान नेपाल आएकी छन् । अहिले उनी श्रीमानको मृत्युको खबर बुझ्न काठमाडौंमा छिन् । कहिले परराष्ट्र मन्त्रालय त कहिले नेपालस्थित रसियन दूतावाससँग हारगुहार गरिरहेकी छन् ।

रोजगारीको सिलसिलामा उनी केही समय अघि मलेसिया गएका थिए । क्रोएसिया जान ठिक पारेको रकम दलालीले खाइदिएपछि उनको क्रोएसिया जाने सपना अधुरै रहेको थियो । त्यसपछि उनी अर्को बाटो अपनाएर क्रोयसिया हुँदै रुस पुगेको पाइएको छ । मोक्तानले गत सेप्टेम्बर २३ मा अन्तिम पटक श्रीमती पातलीसँग कुराकानी गरेका थिए ।

मृतकका बाबु कमानसिंह मोक्तान तामाङको १० वर्षे सशस्त्र द्वन्द्वको समयमा माओवादीले हत्या गरेका थिए । ०५९ माघ ९ गते १५र२० जनाको समूहमा माओवादी कार्यकर्ताले आफ्नै घरमा सुतिरहेको अवस्थामा बार्दलीबाट आँगनमा खसालेर कुटपिट गरी धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । सुन्दरको परिवारमा बुढी आमा, श्रीमती र दुई छोराछोरी छन् । उनका दुई भाइ मलेसियामा छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गुरुनानकका सन्देश आज पनि उत्तिकै सान्दर्भिक छन्: उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिख धर्मका प्रर्वद्धक गुरुनानक देवले मानव जातिलाई ‘आफैँभित्र ईश्वर खोज्न, परिश्रम गर्न र अन्न

दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा

बागलुङ । तमानखोला गाउँपालिका सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरबाट ७८६ जना लाभान्वित भएका छन् । तमानखोला गाउँपालिका र लायन्स

दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन्

नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै

काठमाडाैँ । नेपालबाट पहिलो पटक आजदेखि बङ्गलादेशमा बिजुली निर्यात हुँदैछ । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री

आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ: सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र तीन लाख युवालाई ‘आइटी’ उद्योगमार्फत रोजगारी सिर्जना गर्न सकिने

द ब्रिटिस कलेजमा करियर फेस्ट हुँदै, स्थानीय प्रतिभालाई अवसरसँग जोड्ने

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा करियर फेस्ट– २०२४ हुने भएको छ । ग्रोथ सेलर्सको सहकार्यमा २५

Techie IT