Techie IT
२०८१ असार २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालराष्ट्रियसभा निर्वाचनका लागि आजदेखि आचारसंहित लागू

राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि आचारसंहित लागू


काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहित लागू भएको छ । निर्वाचन आयोगले ११ माघमा हुने निर्वाचनका लागि आज मंगलबारदेखि आचारसंहिता सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू भएको हो ।

आचारसंहिता लागू भएपछि अब कुनै पनि सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन, निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन पाइने छैन । कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्रुकित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने आयोगले जनाएको छ ।

त्यसैगरी ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्रुख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन तथा बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन पाइँदैन ।

आचारसंहिता अनुसार प्रचलित कानून बमोजिम निषेध गरिएको समय र स्थानमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन हुँदैछ । ११ माघमा १९ सिटका लागि निर्वाचन हुँदैछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रधानमन्त्रीलाई थप दुई वटा मन्त्रालयको कार्यभार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी तोकेका छन् । जसपाका दुई

बाढीपहिराले हालसम्म ७० जनाको मृत्यु, पाँच बेपत्ता

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी

आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा

बाढीमा बगेर कैलाली र कञ्चनपुरमा २ जना बेपत्ता

काठमाडौँ । बाढीमा बगेर कैलाली र कञ्चनपुर जिल्लामा दुई जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कैलालीको

बाढीले कैलालीको जनजीवन प्रभावित

कैलाली । लगातारकाे वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । कैलालीको भजनीमा आइतवार राति बाढी बस्तीमा

महाकालीले खतराको तह पार गरेपछि सबै ढोका खोलियो

काठमाडौँ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढिरहेको छ । नेपाल तर्फका सबै ढोका खोलेपछि तटीय क्षेत्रका बस्तीहरू प्रभावित

Techie IT