गृहपृष्ठ ∕
राजनीति ∕
एमालेले टिआरसी विधेयक टुंग्याउन दिएन भन्ने गलत प्रचार नगर्नुस्: सचेतक बर्तौला एमालेले टिआरसी विधेयक टुंग्याउन दिएन भन्ने गलत प्रचार नगर्नुस्: सचेतक बर्तौला
काठमाडौँ । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले एमालेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरु एमालेले टुंग्याउन दिएन भनेर गलत प्रचार नगर्न आग्रह गरेका छन् । बिहीबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सचेतक बर्तौलाले यस्तो बताएका हुन् ।
उनले नेकपा एमालेले पीडितका आवाजहरु र बाहिर जनताका आवाजहरु बोलेकाले ति आवाजलाई पनि सुनेर अघि बढ्न सुझाव दिए । सचेतक बर्तौलाले एमालेले असहमति जनाएका कुराहरुलाई लिएर सरकारले एमालेले काम गर्न दिएन भन्ने गलत प्रचार गरेको आरोप लगाउँदै सरकारले विधेयकहरु प्रक्रियागत रुपबाट अघि बढाउन सक्ने बताए ।
उनले विधेयक निर्माढा गर्दा टाउकोको मूल्य तोक्ने र तोकिनेहरु मिलेर विधेयक आफू अनुकुलतको बनाए भन्ने सन्देश बाहिर जान नदिनका लागि एमाले सचेत रहेको बताए । उनले टिआरसीसँग सम्बन्धित विधेयक सहमतिबाटै टुंग्याउन आवश्यक रहेको बताए ।
सचेतक बर्तौलाले विधेयक अब छिटो टुंग्याउन आवश्यक रहेको बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागमा दश सदस्य मनोनयन गरेका छन् । पार्टीको विधान,
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गरेका छन् । नेपालको संविधानको धारा, १०६ को उपधारा
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ पर्यटन नीति जारी
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतान्त्रिक व्यवस्था स्थायी भएको भन्दै यसलाई सुदृढ गर्दै जानुपर्ने बताएका छन् । राष्ट्रिय
एजेन्सी । अमेरिकाले युक्रेनलाई २ अर्ब ५० करोड डलरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ । राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले
बाँके । बाँकेमा सञ्चालित तारे होटलहरूले अङ्ग्रेजी नयाँ वर्ष २०२५ को स्वागतमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न विशेष कार्यक्रम गर्ने भएका