Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘गाउँ आएको बाटो’ गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको लागि छनौट

‘गाउँ आएको बाटो’ गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको लागि छनौट


काठमाडौँ । नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ युरोपको महत्वपूर्ण चलचित्र महोत्सव ४७ औं गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२४ स्वीडेनमा छनौट भएको छ ।

यही महोत्सवमा सिनेमाको युरोपियन प्रिमियर हुने जानकारी निर्माण पक्षले दिएको छ । गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्केन्डेभियन क्षेत्रको सबै भन्दा ठूलो महोत्सव मात्र नभएर युरोपको पनि महत्वपूर्ण चलचित्र महोत्सव हो ।

गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२४ जनवरी २६ देखि फेब्रुवरी ४ सम्म चल्ने छ । ‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बा लगायतका कलाकारले अभिनय रहेको छ ।

यो सिनेमाको टोरोन्टो चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको थियो भने वुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, एशियन प्रिमियर, मामी मुम्बईमा साउथ एशियन प्रिमियर भइसकेको छ । निर्माण पक्षले सिनेमा विश्वको एकपछि अर्को प्रतिष्ठित चलचित्र महोत्सवमा छनौंट हुनुलाई नेपाली चलचित्रलाई विश्वले स्वीर्कान थालेको र नेपाली चलचित्रको क्षमता विस्तारका रुपमा बुझ्न सकिने प्रतिक्रिया दिएको छ ।

राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको यस चलचित्रमा गाँउमा सडक आए पछि बाबु छोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ । सामुदायिक लगानीको अवधारणामा यो चलचित्र निर्माण भएको हो ।

‘गाउँ आएको बाटो’ देशभित्र र विश्वका विभिन्न देशहरूमा छरिएर रहेका नेपालीहरूको सामुहिक लगानी छ । यो चलचित्र छोमोलोङमा प्रोडक्सन र गाउँघर फिल्म प्रडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा निर्माण भएको हो । नेपालमा यो सिनेमा बाँसुरी फिल्मसको संयोजनमा नेपालमा २०८१ जेठ १८ बाट सार्वजनिक प्रर्दशनमा आउने छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘होस्टेल–३’को छायांकन सुरु

काठमाडौँ । चलचित्र ‘होस्टेल–३’को छायांकन सुरु भएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । मुहूर्त

यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड सम्पन्न

काठमाडाैँ । यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लण्डनको सम्पन्न भएको छ । शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित

हिमाल श्रेष्ठ र शान्तिश्रीको मायाँ युकेको सार्वजनिक

काठमाडौँ । गायक हिमाल श्रेष्ठले आफ्नो नयाँ लोक दोहोरी भाका यतिबेला बजारमा ल्याएका छन् । गायक हिमाल श्रेष्ठले यो गीतको

चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा

काठमाडाैँ । चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा आएको छ । हिमाली सौन्दर्य र संस्कृतिको कथावस्तुलाई समेटेर बनेको यो चलचित्र नेपाली सिनेमामा

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘ज्वाईं साव’को गीत सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । चलचित्र

कलाकार सुलेमान शंकर इकु पक्राउ

काठमाडौँ । कलाकार सुलेमान शंकर इकु पक्राउ परेका छन् । कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा

Techie IT