Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालपक्राउ परेका बम्जनको घरबाट ३ करोड बढी रुपैयाँ बरामद

पक्राउ परेका बम्जनको घरबाट ३ करोड बढी रुपैयाँ बरामद


काठमाडौँ । मंगलबार काठमाडौँमा पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट ३ करोडभन्दा बढी रुपैयाँ बरामद भएको छ । हत्या, अपहरण तथा यौनहिंसा आरोपमा पक्राउ परेका बम्जनको घरबाट सो रकम बरामद भएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँमात्र नभइ विदेशी मुद्रा पनि फेला परेको छ।

प्रहरीले बोम्जनको घरबाट कम्तिमा २० वटा मोबाइल, दुई वटा ल्यापटप र १५ वटा पेनड्राइभ पनि बरामद गरेको छ । सीआईबीले बोम्जनलाई मंगलबार साँझ हात्तिगौंडाबाट पक्राउ गरेको थियो । उनी त्यहाँ श्रीमती र छोराछोरीसहित बसेका थिए ।

प्रहरीले मंगलबार बुढानीलकण्ठको हात्तिगौँडास्थित बमजनकै घरबाट उनलाई पक्राउ गरेको थियो। प्रहरी पुगेपछि भाग्नलाई उनी बरण्डाबाट हाम फालेका थिए। यद्यपि, प्रहरीले उनलाई नियन्त्रणमा लियो ।

लामो समयदेखि प्रहरीको खोजीमा रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान विभागको टोलीले पक्राउ गरेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ब्रिटिस कलेज संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्टमा आबद्ध

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्ट (यूएनजीसी)मा आबद्ध भएको छ । संयुक्त राष्ट्र संघको दिगो विकासका

प्रधानमन्त्री ओलीद्वारा राष्ट्र संघको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज

राष्ट्रपति पौडेलले गरे दुवै संसदको अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले सोमबार (आज) मध्यराति १२ः००

राष्ट्रिय सभाका दुई समितिमा निर्वाचित सभापतिले लिए शपथ

काठमाडौँ । राष्ट्रिय सभाका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिमा निर्वाचित सभापतिले शपथ लिएका छन् ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी दाहाल निर्वाचित

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एमालेकी तुलसाकुमारी दाहाल निर्वाचित भएकी छन्। निर्णायक बनेको जनता समाजवादी पार्टी(जसपा)को मत

इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै

काठमाडौँ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव अर्थात् ‘मोहम्मद जयन्ती’ नेपालका मुस्लिम समुदायले धूमधामका साथ मनाउदैछन् । पर्वका अवसरमा

Techie IT