Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालविश्व बैंकले मेचीनगरको सडक निर्माणमा लगानी गर्ने

विश्व बैंकले मेचीनगरको सडक निर्माणमा लगानी गर्ने


झापा । विश्व बैंकको सहयोगमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ अन्तर्गत मेचीनगरको सहिदमार्ग र सूर्योदय मार्गमा १४ किलोमिटर कालोपत्र सडक निर्माण हुने भएको छ ।

नगरको दुई महत्त्वपूर्ण सहरी क्षेत्र धुलाबारी र काँकडभिट्टाको विकासमा सहयोग पुग्ने उक्त सडक निर्माणमा विश्व बैंकको रु एक अर्ब तीन करोड ऋण लगानी हुने प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले बताए ।

सात प्रदेशका ३३ वटा स्थानीय तहमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ सञ्चालन गर्ने नेपाल सरकारले निर्णय गरिसकेको छ । उक्त आयोजनामा नेपाल सरकारलाई विश्व बैंकले एक अर्ब ५० करोड अमेरिकी डलर (करिब रु दुई खर्ब) सहुलियत ऋण उपलब्ध गराउने सम्झौता भएको थियो ।

उक्त परियोजनाअन्तर्गत झापा निर्वाचन क्षेत्र नं १ को मेचीनगरमा दुईवटा सडक कालोपत्र गर्न विश्व बैंकले ७८ लाख अमेरिकी डलर (रु एक अर्ब बढी) ऋण उपलब्ध गराएको नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य शर्माले बताए ।

शर्माका अनुसार सहिदमार्गअन्तर्गत धुलाबारी मोडबाट बजार क्षेत्र हुँदै खुट्टीडाँगीको थोप्लेबिरान सामुदायिक वनको कार्यालयसम्म पाँच दशमलव तीन किलोमिटर कालोपत्र निर्माण हुनेछ । उक्त सडकको चौडाइ १२ मिटर, ड्रेन र डबल लेन रहने उनले जानकारी दिए ।

यसैगरी सूर्योदय मार्गअन्तर्गत पूर्वीनाकाको काँकडभिट्टास्थित भट्टराई चोकबाट सुरु भएर बाहुनडाँगी बजारसम्मको आठ दशमलव पाँच किलोमिटर लामो सडक कालोपत्र, डबल लेन र ११ मिटर चौडाइको रहने शर्माले बताए ।

सङ्घीय सरकारको निर्णय र स्थानीय तहको नेतृत्वमा ती सडक निर्माण हुने भएका छन् । विश्व बैंकसँगको सम्झौतामा ती दुवै सडक २०८२ असार ३१ गतेसम्ममा निर्माण सम्पन्न भइसक्नुपर्ने उल्लेख छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT