Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालराष्ट्रियसभा निर्वाचन: गण्डकीमा ३ सिटमा चुनाव हुने

राष्ट्रियसभा निर्वाचन: गण्डकीमा ३ सिटमा चुनाव हुने


कास्की । राष्ट्रियसभा सदस्य निर्वाचन–२०८० अन्तर्गत गण्डकी प्रदेशमा तीन सिटमा निर्वाचन हुने भएको छ ।

आगामी माघ ११ गते हुने निर्वाचनमा गण्डकी प्रदेशमा दुई सय ३० जना मतदाता रहेका छन् । निर्वाचनको तयारीका लागि प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

यसैगरी अन्तिम मतदाता नामावली प्रकाशनलगायत तयारी काम अघि बढाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गण्डकीमा कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश ऋषिराम आचार्य निर्वाचन अधिकृत तोकिएको छ ।

राष्ट्रियसभाका अध्यक्षसमेत रहनुभएका गणेशप्रसाद तिमिल्सिना, राष्ट्रियसभा सदस्यद्वय दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिन लागेकाले तीन सिटमा चुनाव हुन लागेको हो । तिमिल्सिना अन्य, गुरुङ महिला र पन्थ अपाङ्गतारअल्पसङ्ख्यक समूहबाट निर्वाचित भएका थिए । अध्यक्ष तिमिल्सिना र गुरुङ नेकपा (एमाले) र पन्थ कांग्रेसबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए ।

निर्वाचनको उम्मेदवार मनोनयन नजिकिँदै गरेकाले दलहरू उम्मेदवार छनोटमा लागेका छन् । नेपाली कांगेस, नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)ले जिल्ला तथा प्रदेशबाट आकाङ्क्षीहरूको नामावाली पार्टी केन्द्रमा सिफारिस गरिसकेका छन् । यही पुस २३ गते उम्मेदवार मनोनयनको कार्यतालिका रहेको छ ।

गण्डकी प्रदेशमा प्रदेशसभाका ६० र स्थानीय तहका एक सय ७० गरी दुई सय ३० जना मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको छ । प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कुल छ हजार चार सय १० मतभार छ ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका प्रदेशसभाका २७ र स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी ६७ जना मतदाता रहेका छन् । कांग्रेसको कुल मतभार दुई हजार सात सय चार रहेको छ ।

नेकपा ९एमाले०का २२ प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ६८ जना रहेका छन् । एमालेको जम्मा मत भार दुई हजार चार सय ५८ हुन आउँछ । माओवादी केन्द्रका प्रदेशसभा सदस्य आठ र स्थानीय तहका प्रमुख–उपप्रमुख ३० गरी कुल नौ सय ९४ मतभार छ । प्रदेशमा नेकपा एकीकृत समाजवादी०का एक प्रदेशसभा सदस्य र एक नगरप्रमुख गरी समाजवादीसँग ७२ मत भार छ ।

गण्डकी प्रदेशसभामा दुई सदस्य रहेको राप्रपाको एक सय छ मत भार छ । राष्ट्रिय जनमोर्चाको स्थानीय तहका प्रमुख–उपप्रमुख गरी तीन जना रहेकाले ५७ मतभार छ । मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्रबाट जितेका थिए । उनको मतभार १९ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT