Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको दर परिवर्तन भएको छैन: अर्थ मन्त्रालय

शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको दर परिवर्तन भएको छैन: अर्थ मन्त्रालय


काठमाडौँ । शेयर बजारका लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा आर्थिक विधेयक, २०८० बाट कुनै परिवर्तन नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । आर्थिक विधेयकबाट साविकको पुँजीगत लाभकरमा थप कर लगाइएको विरोधमा शेयर लगानीकर्ता आज अर्थ मन्त्रालय पुगेका थिए ।

लगानीकर्तासँगको छलफलका क्रममा अर्थमन्त्रालयका अधिकारीले साविक कार्यान्वयनमा रहेको पुँजीगत लाभकर नै अन्तिम रहेको बताएका थिए । छलफलपछि मन्त्रालयले एक सूचना जारी गर्दै उक्त विषयमा थप स्पष्ट पारेको छ ।

“आर्थिक विधेयक, २०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्र बिक्री गर्दा हुने लाभमा साविक बमोजिममै कानुनी व्यवस्था कायम रहेको छ”, मन्त्रालयको सूचना भनिएको छ, “त्यस्तो कारोबारबाट भएका लाभमा नियमानुसार दाखिला भएको पाँच प्रतिशत वा साँढे सात प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने व्यहोरा सम्बन्धित लगानीकर्ता एवम् सर्वसाधारणको जानकारीका लागि यो सूचना जारी गरिएको छ ।”

पुँजीबजारका लगानीकर्ताले विरोध जनाउन थालेपछि यसअघि आन्तरिक राजस्व विभागले पनि पुँजीगत लाभकरसम्बन्धी व्यवस्थामा कुनै परिवर्तन नभएको भन्दै सूचना जारी गरेको थियो । एक वर्षभन्दा कम अवधि स्वामित्वमा रहेको धितोपत्रको कारोबारबाट हुने आम्दानीमा पाँच प्रतिशत र एक वर्षभन्दा बढी समय स्वामित्वमा रहेको धितोपत्रको कारोबारबाट हुने आयमा साढे सात प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको छ ।

आर्थिक विधेयक २०८० को दफा २९ मा धितोपत्र, जग्गा तथा घरजग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुटसम्बन्धी विशेष व्यवस्था राखिएको छ । प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रूपमा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर दाखिल गर्न बाँकी रहेको भए आर्थिक वर्ष २०७६र७७ देखि २०७८र७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत आगामी चैत मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुने उल्लेख गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

Techie IT