Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालसर्लाहीमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक युवकको मृत्यु

सर्लाहीमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक युवकको मृत्यु


सर्लाही । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बरहथवा नगरपालिका वडा– ६ का ३२ वर्षीय जयशंकर साह रहेको सर्लाही प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपेन्द्र पंजियारका अनुसार मृतक साहको मृत्युको कारण खुलेको छैन। नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउने विषयमा बरहथवा नगरपालिकाका कार्यालय अगाडि शुक्रबार प्रदर्शन भएको हो ।

प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले १३ राउन्ड गोली हवाई फायर गरेको थियो । भीडलाई नियन्त्रणमा लिन १९ राउन्ड अश्रुग्यास समेत प्रहार भएको डीएसपी पंजियारले बताए ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाका अनुसार झडपको क्रममा ८ जना प्रहरी र दुईजना स्थानीयसहित १० जना घाइते भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

Techie IT