Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलमहिला क्रिकेटमा एपिएफले कोशीलाई दियो १४० रनको लक्ष्य

महिला क्रिकेटमा एपिएफले कोशीलाई दियो १४० रनको लक्ष्य


काठमाडौँ । प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय प्रतियोगिताको पहिलो छनोट खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कोशी प्रदेशलाई फाइनलमा पुग्नका लागि १ सय ४० रनको बलियो लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा एपिएफका कप्तान सीता रानामगर र इन्दु बर्माको उत्कृष्ट ब्याटिङमा निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा एक सय ३९ रन बनायो । उसका लागि इन्दु बर्माले सर्वाधिक ५६ रनको योगदान दिइन । उनी ५० बलमा तीन चौका र एक छक्का प्रहार गरिन । त्यस्तै सीता रानामगरले ३७ बलमा तीन चौका र दुई छक्कासहित ४५ रनमा रन जोडिन । रोमा थापाले १८ रन जोड्दा ज्योति पाण्डेले १२ रन बनाइन ।

कोशी प्रदेशका लागि कप्तान रुविना क्षेत्रीले एक विकेट लिइन् । विजेता टोली फाइनल खेल्नेछ भने पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आइसीसी क्रिकेट विश्वकप लिग-२: नेपालले आज क्यानडाविरुद्ध खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज अन्तर्गत आज पहिलो

नेपालले अमेरिकासँग तीन टी-२० आई सिरिज खेल्ने

काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग-२ अघि अमेरिकासँग तीन टी-२० आई खेलको सिरिज खेल्ने भएको छ । नेपाल र अमेरिकाबीच

पलेशालाई पोखरामा सम्मान

पोखरा। ऐतिहासिक पदक विजेता पलेशा गोबद्धन पोखरामा सम्मानित भएकी छन् । पेरिस पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशालाई गण्डकी प्रदेश

नेपाल प्रिमियर लिगका लागि ८ जना मार्की खेलाडी सार्वजनिक

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मार्की खेलाडी सार्वजनिक गरिएको छ । रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने,

खेलकुद मन्त्रालयको बजेट बढाइदिन प्रधानमन्त्रीलाई खेलकुदमन्त्रीको आग्रह

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयको बजेट आगामी आर्थिक वर्षमा बढाइदिन आग्रह गरेका छन् । शुक्रबार प्रधानमन्त्री

१९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटका लागि २९…

काठमाडाैँ । आइसीसी १९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छनोट भएका छन् ।

Techie IT