संसद् बैठक स्थगित गर्न राप्रपाको प्रस्ताव
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा बैठक स्थगनको प्रस्ताव गरेको छ।
राष्ट्रपतिले नीतिनियमविपरीत नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेको र प्रधानमन्त्रीको भारत भ्रमणमा मुलुकको हितविपरीत कार्य गरेको भन्ने कुरा उठेको भन्दै राप्रपाले त्यसमाथि छलफल नगरी बैठक सुरु हुन नदिने बताएको हो।
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रस्तावमा गरेको पत्रमा भनिएको छ‚ ‘सम्माननीय राष्ट्रपतिज्यूले नीति र नियमविपरीत नागरिकता विधेयक प्रमाणीकरण र सम्माननीय प्रधानमन्त्रीज्यूले भारत भ्रमणमा मुलुकको हितविपरीत कार्य गरेकको भन्ने कुरा उठेको हुँदा सम्बन्धित विषयको छलफल नगरी संसद् नियमित रुपमा अगाडि नबढ्ने हुँदा निर्धारित सबै कार्यक्रम स्थगित गरियोस्।’
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए।

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले
एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति