Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालपशुपति हिन्दु विश्वविद्यालय द्रुत गतिमा अगाडि बढाउन मन्त्री किरातीको निर्देशन

पशुपति हिन्दु विश्वविद्यालय द्रुत गतिमा अगाडि बढाउन मन्त्री किरातीको निर्देशन


काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन निर्देशन दिएका छन्।

पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किरातीले विश्वविद्यालय स्थापनाको कामका लागि आफूले मन्त्रालयस्तरबाट गर्ने कामबारे सुझाव दिन आग्रह गरे।

विश्व विद्यालय स्थापनका लागि डा जगमान गुरुङको संयोजकत्वमा गठित समितिको मंलबार बैठक आह्वान गर्दै मन्त्री किरातीले समितिले गरेका कामको प्रगति विवरण पनि माग गरे। गत चैत्रमा गठित समितिको हालसम्मको प्रगति विवरण माग्दै मन्त्री किरातीले आफूले मन्त्रालयस्तरबाट गर्नु पर्ने समन्वय र पहलबारे सुझाउन समेत समितिलाई आग्रह गरे।

समतिका सदस्यले हाल अध्ययन, अनुसन्धानसँगै मस्यौदाको चरणमा रहेको बताएका छन्। पशुपति क्षेत्र विकास कोषका पूर्व कार्यकारी निर्देशक समेत रहेका समितिका सदस्य सचिव घनश्याम खतिवडाले सरकारको सैद्धान्तिक निर्णयसँगै परिषद्‌बाट हुने नीतिगत निर्णय सहज भएमा विश्वविद्यालय स्थापनाले गति लिने बताए।

यो विश्वविद्यालयले विशेष गरी अध्ययन तथा अनुसन्धानलाई प्रथामिकता दिने गरी प्रारम्भिक रुपरेखा बनिरहेको खतिवडाले उल्लेख गरे। विश्वविद्यालयमा नेपालका सबै धर्मशास्त्रहरुको अध्ययन तथा अनुसन्धान गराइने समितिका सदस्य चेतनाथ गौतमले बताए।

विश्वविद्यालयमा कम कक्षा र बढी अनुसन्ध गराइने प्रारुप तयार गरिएको अर्का सदस्य डा प्रेमबहादुर खत्रीले उल्लेख गरे। नेपालमुखी अनुसन्धन, धर्म, शास्त्र र संस्कृतिलाई विश्वमै स्थापित गर्ने गहन संस्थाका रुपमा यस विश्वविद्यालयलाई स्थापना गरिने खत्रीले बताए।

विश्वविद्यालय गुठी अवधारणामा चल्ने, कुनै पनि विश्वविद्यालयलाई यसले सम्बन्धन नदिने, निश्चित प्रक्रिया पुरा गरेपछि स्नातक उतिर्ण गरेका विद्यार्थीलाई भर्ना गर्ने समितीका अर्का सदस्य कमल ढकालले बताए।

यस अवधारणाले नेपाल, पशुपति र हिन्दुहरुको गौरवको विषय भएकोले कुनै प्रकारको ढिला सुस्ती नगर्न क्षेत्र विकास कोषलाई निर्देशन दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT