Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालराज्यमन्त्री चपाईँद्वारा मध्यपहाडी राजमार्गको अनुगमन

राज्यमन्त्री चपाईँद्वारा मध्यपहाडी राजमार्गको अनुगमन


भोजपुर । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँले मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन गरकी छन् । ती सडकका समस्या समाधान तथा भावी योजना निर्माणका लागि स्थलगत अनुगमन गरेकी हुन् ।

राज्यमन्त्री चपाईँले मध्यपहाडी लोकमार्गअन्तर्गत विभिन्न सडकखण्डसँगै दिक्तेल–चखेवा, भोजपुरको चखेवा–लेगुवा र कोशी राजमार्गको खाँदबारी–भोटखोला किमाथाङ्का सडकखण्डको अवलोकन गर्ने कार्यक्रम छ ।

आज बिहान पत्रकारहरूसँग कुरा गर्दै राज्यमन्त्री चपाईँले यो क्षेत्रका सडकसँगै मन्त्रालयअन्तर्गत निर्माण भइरहेका अन्य संरचनाको अनुगमन गरिएको बताइन् । अनुगमनपश्चात् यहाँको अवस्था र गर्नुपर्ने कामका विषयमा प्रतिवेदन तयार गरेर मन्त्रालयमा बुझाउने उनले बताइन् ।

“मन्त्रालयको निर्णयानुसार म यो क्षेत्रको स्थलगत अनुगमनमा निस्केकी हुँ”, राज्यमन्त्री चपाईँले भनिन्, “अनुगमनका क्रममा यहाँका धेरै समस्याको पहिचान गरेका छौँ । विकास–निर्माणका कामलाई गुणस्तरीय र प्रभावकारी ढङ्गले अघि बढाउन हाम्रो मन्त्रालय प्रतिबद्ध छ । यहाँ देखिएका समस्या समाधानका लागि मेरो तर्फबाट पहलकदमी हुनेछ ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT