गृहपृष्ठ ∕
नेपाल ∕
कार्यकालको एक वर्ष पुगे लगत्तै ‘बोल्ड डिसिजन’ लिन्छुः प्रधानमन्त्री प्रचण्ड कार्यकालको एक वर्ष पुगे लगत्तै ‘बोल्ड डिसिजन’ लिन्छुः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकालको एक वर्ष पुगे लगत्तै ‘बोल्ड डिसिजन’ लिने बताएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिमा निर्माण सम्पन्न चार सय के.भी. इनरुवा जिआईस सवस्टेसनको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू नयाँ धक्काको नजिक पुगेको बताएका हुन् ।
प्रधानमन्त्री बनेको एक वर्ष पूरा भइसकेपछि नयाँ ढंगबाट क्रमभंग गर्ने कोशिस गरिरहेको भन्दै प्रधानमन्त्री दाहालले अबको निर्णय जनताको साथमा हुने उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले जनतालाई निराश पार्ने भाष्य समाजमा सिर्जना भएकोप्रति चिन्ता व्यक्त गर्दै नकारात्मक भाष्यबाट टाढा बस्न आग्रह गरे । देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल समेत गर्नुभयो । सारा नेपालीको निराश चाँडै नै आशामा परिणत हुने दाबी उनको छ । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा बनेको चार सय के.भी. इनरुवा जिआईस सवस्टेसन नेपालकै दोस्रो ठूलो सवस्टेसन हो ।
नेपाल विद्युत प्राधिकरण, हेटौंडा–ढल्केबर–इनरुवा ४०० के.भी. सवस्टेसन बिस्तार आयोजना अन्र्तगत निर्माण सम्पन्न सवस्टेसन पूर्वक्षेत्रमा गुणस्तरीय विद्युत आपूर्ति गर्न मात्र नभई भारतसहितका मुलुकमा विद्युत सप्लाई गर्न समेत कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी