गृहपृष्ठ ∕
नेपाल ∕
हिरासतमै एकजनाको मृत्यु भएपछि भएको ढुंगामुढामा प्रहरीको गोली लागेर एकजना घाइते हिरासतमै एकजनाको मृत्यु भएपछि भएको ढुंगामुढामा प्रहरीको गोली लागेर एकजना घाइते
जनकपुरधाम । धनुषामा समातेर ल्याएका एकजनाको इलाका प्रहरीमै मृत्यु भएको छ । धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालय सुगानिकासमा गए राति स्थानीय अन्दाजी ४५ वर्षीय दीपनारायण मणडलको मृत्यु भएको हो ।
प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीय आक्रोशितले प्रहरीले इलाकामाथि ढुंगामुढा गरेका छन् । त्यस क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय शंकर मण्डल घाइते भएका हुन् । उनको एउटा हातमा गोली लागेको हंसपुरका कार्यपालिका सदस्य राजेश सक्सेनाले जानकारी दिए ।
केही हवाई फायर गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । मृतक र घटनाको विषयमा विस्तृत विवरण नआएको र आफू पनि घटनास्थल पुग्न लागेको उनले बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी