Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिराष्ट्रियसभा निर्वाचनको लागि ७ मतदान स्थल तोकियो

राष्ट्रियसभा निर्वाचनको लागि ७ मतदान स्थल तोकियो


काठमाडौँ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तोकेको छ ।

निर्वाचनका लागि प्रत्‍येक प्रदेशमा एक–एक वटा मतदानस्थल र सोही स्थानमा दुई–दुई वटा मतदान केन्द्र रहने गरी जम्‍मा ७ मतदान स्थल र १४ वटा मतदानकेन्द्र तोकिएको छ ।

कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा, वागमती प्रदेशका लागि श्री भुटनदेवी मा.बि. प्राविधिक शिक्षालय, ब्लक प्राविधिक भवन, हेटौँडा, मकवानपुर, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की। लुम्विनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी, कैलालीलाई मतदान स्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

तोकिएका उक्त मतदान स्थलमा प्रदेश सभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्रहरू रहनेछन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘होस्टेल–३’को छायांकन सुरु

काठमाडौँ । चलचित्र ‘होस्टेल–३’को छायांकन सुरु भएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । मुहूर्त

प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र स्थापना

काठमाडौँ । प्रभु बैंक लिमिटेडले यही भदौ २८ गते गण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न

शेयर बजार ५७ अङ्कले घटेर २६ सय विन्दुभन्दा तल

काठमाडाैँ । शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज

ब्रिटिस कलेज संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्टमा आबद्ध

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्ट (यूएनजीसी)मा आबद्ध भएको छ । संयुक्त राष्ट्र संघको दिगो विकासका

प्रधानमन्त्री ओलीद्वारा राष्ट्र संघको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज

राष्ट्रपति पौडेलले गरे दुवै संसदको अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले सोमबार (आज) मध्यराति १२ः००

Techie IT