Techie IT
२०८१ चैत्र २८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालशेयर बिक्रीबारे सर्वोच्चले माग्यो एनसेल र सरकारी निकायसँग लिखित जवाफ

शेयर बिक्रीबारे सर्वोच्चले माग्यो एनसेल र सरकारी निकायसँग लिखित जवाफ


काठमाडौँ । सर्वोच्च अदालतले एनसेलको शेयर खरिद बिक्रीका विषयमा एनसेल र नेपालका सरकारी निकायसँग लिखित जवाफ मागेको छ । सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले एनसेलको स्वामित्व बिक्री प्रकरणमा एनसेल एक्जियटा लिमिटेड, नेपालको दूरसञ्चार प्राधिकरणलगायतका निकायसँग लिखित जवाफ मागेको हो ।

सर्वोच्चले यो विवादमा अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे टुंगो लगाउन आगामी १६ पुसमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत शेयर आजियटाले गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेर नेपालबाट बाहिरिएको छ ।

कारोबार शंकास्पद र अविश्वसनीय रहेको भन्दै सार्वजनिक रुपमा प्रश्न उठेपछि सांसद सिंहले कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

एनसेलको शेयर बिक्रीमा कर छली भएको हुनसक्ने र ६ वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउने एनसेलको सम्पूर्ण सम्पत्ति जोगाउन शेयर खरिद बिक्रीको खेल भएको भन्दै सांसद सिंहले रिटमा कारोबारलाई मान्यता नदिन माग गरेका छन् ।त्यस दिन अदालतले एनसेल एक्जियटा लिमिटेड र नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालयलगायत विपक्षीलाई बोलाएको छ । एनसेललाई शेयर खरिदबिक्रीको निर्णय र पत्र साथै लिएर आउन आदेश दिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

रवि लामिछाने कारागार चलान

काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रा.स्व.पा. का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान

Techie IT