Techie IT
२०८१ भदौ २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालसरकार एनसेल प्रकरणमा गम्भीर छः प्रधानमन्त्री

सरकार एनसेल प्रकरणमा गम्भीर छः प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री स्वभाविक नभएकोले सरकार यो प्रकरणमा गम्भीर रहेको बताएका छन् ।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन गरी खरिदबिक्री भएको जानकारी सञ्चारमाध्यमहरुमा चर्चामा आएसँगै त्यसलाई लिएर आफू गम्भीर रहेको बताए ।

प्रचण्डले भने, ‘मैले दुबईमा नै यो बारे सुने र भोलिपल्ट नै फर्किए । त्यसपछि सञ्चार मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिए । मुख्यसचिवलाई बोलाएर पनि नीति नियम अनुसार निर्देशन दिनुप¥यो भनेर मुख्यसचिवबाट बनाउन लगाएर निर्देशन जारी गरेको हो । सरकारको नेतृत्वको हैसियतले म एकदमै गम्भीर रूपमा पहल गरेको छु ।’ उनले थपे ‘योसँग सम्बन्धित नियामक निकाय तथा राजनीतिक नेतृत्वलाई समेत राखेर छलफल चलाए । यसले के प्रभाव पार्छ भनेर गहन अध्ययन गर्न जरुरी रहेको भनेर मंसिर २१ गतेको बैठकबाट टङ्कमणि शर्माको नेतृत्वमा छानबिन समिति गठन भइसकेको छ । हामीले कसैलाई ओभरल्याप गर्ने उद्देश्यले विल्कुल गरेको होइन । दूरसञ्चार प्राधिकरणको प्रतिनिधिहरु समेत बसेर यसरी जानु नै उचित हुन्छ भन्ने सोचे सम्झेको निष्कर्षमा पुगेपछि समिति बनाइएको हो ।’

संसदीय समितिले प्रधानमन्त्री दाहालसँग आज एनसेल प्रकरणबारे छलफल गरेको छ । सो छलफलमा उपस्थित दाहालले एनसेलको सेयर खरिद बिक्री प्रकरण स्वभाविक नभएको स्वीकार गरेका छन् । उनले भने, ‘ यस प्रकरणमा कतै कसैबाट कानून विपरितका कामकारबाही भए गरेको पाइएमा जुन सरकारलाई सहज नलागेकै हुनाले मैले सुरुमै निर्देशन जारी गरेको हो । यो सहज र स्वभाविक छैन यो खरिदबिक्री भन्ने देखिएकै हुनाले नै निर्देशन जारी गर्नुपनरेको हो । यसमा कहीँन कहीँ गलत छ भन्ने लागेकै हुनाले छानविन समिति बनाइएको हो ।’

छानबिन गर्न गठित टंकमणि शर्मा दंगालले संयोजक रहेको समितिले आइतबादेखि काम सुरु गरिसकेको पनि दाहालले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले एनसेल प्रकरणमा दोषी पाइएकालाई कानूनी कारबाही गर्न आफू पछि नहट्ने समितिलाई बताए । ‘यसमा कानून विपरिक कहीँ कतैबाट कामकारबाही भए गरेको पाइएमा कानून बमोजिम हदै सम्मको कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको सम्मानित समितिमा जानकारी गराउँछु ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सशस्त्र प्रहरीसम्बन्धी विधेयक अर्थ मन्त्रालय पठाइयो

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय-परामर्शका लागि अर्थ मन्त्रालय पठाएको छ। विधेयकमाथि

टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई आगामी चार वर्षको

पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ: प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन्

प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभाका लागि

यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्ने

काठमाडौँ । यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन्

आज हरितालिका तीज

काठमाडौँ । आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ

Techie IT