Techie IT
२०८१ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थइ–सेवा र नागरिक स्टक डिलरबीच सहकार्य

इ–सेवा र नागरिक स्टक डिलरबीच सहकार्य


काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा देखि नागरिक स्टक डिलर मार्फत हुने सेयर खरिद÷बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ ।

यसका साथै नागरिक स्टक डिलर मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिन्छ। यस सम्झौताले लगानीकर्ताहरुलाई नागरिक स्टक डिलरबाट गरेको सेयर खरिद/बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ।

अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल प्रधानले हस्ताक्षर गरे ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७८ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढि जनसंख्याले सेवा लिइरहेका छन् ।

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, सेयर खरिद/बिक्री सेटलमेन्टको भुक्तानी लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सशस्त्र प्रहरीसम्बन्धी विधेयक अर्थ मन्त्रालय पठाइयो

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय-परामर्शका लागि अर्थ मन्त्रालय पठाएको छ। विधेयकमाथि

सुनको भाउमा नयाँ कीर्तिमान

काठमाडौं । तीजको दिन सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको हो। नेपाल सुनचाँदी

इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशन

काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरूलाई स्वीकृति लिएर मात्र शुल्क निर्धारण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । इन्टरनेट सेवा

शरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति

काठमाडौँ । यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका

शेयर बजार आज पनि घट्यो

काठमाडाैँ । शेयर बजार आज पनि घटेको छ । हिजो ९० अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १२

सुनको मूल्य चार दिनदेखि स्थिर

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य चार दिनयता स्थिर छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार

Techie IT