Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालआफ्ना कुरा राखेर मेयर बालेन हिँडेपछि प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट

आफ्ना कुरा राखेर मेयर बालेन हिँडेपछि प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसमा सहभागी भएका काठमाडौँका मेयर बालेनले फोहोर व्यवस्थापन, काठमाडौँको खोला अतिक्रमणलगायको विषयमा संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरे। उनले प्रधानमन्त्री तथा गृहमन्त्रीले चाहेको खण्डमा यो समस्य तुरुन्तै समाधान हुने कुरा राखेपछि उनी कार्यक्रमबाट हिँडेका थिए।

आफू बोल्नुअघि मेयर बालेनले आफ्ना कुरा राखेर हिँडेपछि प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट देखिए। यस्तो कुराले आफूले ‘इरिटेशन’ हुने बताए।

‘अघि बालेन्द्रजी गइहाल्नुभयो, मलाई फेरि पहिला बोलेर हिँड्नेसँग पनि अलिअलि इरिटेसन हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आफूले भन्ने कुरा जे–जे भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्न हुँदैन, प्रमुख अतिथिले बोल्ने बेलासम्म बस्नुपर्छ।’

त्यस्तै, प्रधानमन्त्रीले फोहोर ब्यवस्थापन, खोला अतिक्रमण लगायतको लागि आफूले जति अन्य प्रधानमन्त्रीले प्रयास नगरेको समेत बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT