Techie IT
२०८१ माघ ७, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालउखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय

उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय


काठमाडौँ। सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ।

आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा बसेको बैठकले उखु किसानहरूको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा। बैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरू लगायत उपस्थित थिए।

बैठकमा प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्र र किसानहरूलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउन एवं कार्यान्वयनमा तत्परता देखाउन मन्त्री र सचिवहरूलाई निर्देशित समेत दिएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विश्वविद्यालयमा तालाबन्दी र हडताल नगर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडाैँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूमा तालाबन्दी, बन्द र हडताल नगर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर

चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न शुरुआत गरेको छ । ‘पढ्दै कमाउँदै’ अवधारणा एवं विद्यार्थीलाई माध्यामिक

काठमाडौँबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकको उद्धार, चार जना…

काठमाडाैँ । काठमाडाैँकाे ठमेलबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ । चिनियाँ नागरिकलाई अपहरण गरी लैजाँदै

बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा…

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी

रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले प्रहरीको जिम्मा लगाउन आदेश

अध्यादेश मार्फत कानुन बनाउनु गलत: कांग्रेस नेता साउद

रुपन्देही । नेपाली कांग्रेसका नेता एनपी साउदले दुईतिहाइ बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक नभएको बताएका छन् । आज रुपन्देहीको

Techie IT