Techie IT
२०८१ मंसीर ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालबलात्कार आरोपमा माओवादी नेता देवकोटा पक्राउ

बलात्कार आरोपमा माओवादी नेता देवकोटा पक्राउ


काठमाडौँ। आफ्नै घरमा काम गर्ने किशोरी बलात्कारको आरोपमा माओवादी नेता भूमिनन्द देवकोटा पक्राउ परेका छन्। प्रहरीले काठमाडौँ बस्दै आएका गोरखाका ६५ वर्षीय देवकोटालाई पीडित किशोरीले दिएको जाहेरीका आधारमा गत साता पक्राउ गरेको हो।

पीडित भनिएकी १७ वर्षीया किशोरी देवकोटाकै घरमा बस्दै आएकी थिइन्। अनुसन्धानका क्रममा ६ वर्षको उमेरदेखि पीडित बालिकालाई देवकोटाले आफ्नो घरमा संरक्षण दिएर राखेको बताइएको छ। प्रहरीमा पीडित बालिकाले दिएको जाहेरीमा देवकोटाले विगत एक वर्षदेखि उनलाई जबरजस्ती करणी गरेको उल्लेख छ।

गोरखा स्थायी घर भएका देवकोटाको काठमाडौँस्थित घरबाट गत तिहारको समयमा पीडित किशोरी यौन अत्याचार सहन नसकेर निस्किएकी थिइन्। देवकोटाको घरबाट निस्किएपछि उनी एक युवकसँग बस्दै आएकी थिइन्। प्रहरीले प्रेमी भनिएका ती युवकलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा पेप्सीकोला बस्ने २७ वर्षका दीपेश नेपाली रहेका छन्। नेपालीले पीडित भनिएकी किशोरीलाई कात्तिक ३० गते बलात्कार गरेको जाहेरीमा उल्लेख छ। हाल दुबै जनालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

देवकोटा, हिसिला यमी मन्त्री हुँदाका पिए समेत हुन्। तर माओवादी विभाजनदेखि नै देवकोटा बाबुराम भट्टराई र हिसिला यमीसँग छुटिएका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षको तलबको प्रलोभनमा रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । विभिन्न देशमा पठाइदिने

सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन् । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा

घरको फोहोर सडकमा फाल्नेलाई महानगरले तिरायो जरिवाना

काठमाडौँ । सडकमा फोहोर फ्याँक्ने एक व्यक्तिलाई काठमाडौँ महानगरपालिकाले जरिवाना गराएको छ । काठमाडौँ महानगरपालिका-१४ स्थित कुलेश्वरमा घरको फोहोर सडकमा

व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी

बाँके । जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती (पानीमा उम्रिएर लहरोमा फल लाग्ने) गरेर गाउँमा नै लाखौँ रुपैयाँ

आज काठमाडौंको यी स्थानमा बिजुली काटिने

काठमाडौं । काठमाडौंको लाजिम्पाट, पानीपोखरी, बालुवाटार लगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले आज(मंगलबार) बिजुली काटिने जनाएको छ

‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’

ललितपुर । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ‘स्मार्ट सिटी’ हुनका लागि हिंसारहित समाज अनिवार्य रहेको बताएका छन् । ललितपुर महानगरपालिकाद्वारा

Techie IT