गृहपृष्ठ ∕
नेपाल ∕
कोशीका मुख्यमन्त्री कार्की सवार गाडीमा पहिचानवादीले ढुंगा प्रहार गरे कोशीका मुख्यमन्त्री कार्की सवार गाडीमा पहिचानवादीले ढुंगा प्रहार गरे
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा पहिचानवादीले ढुंगा प्रहार गरेका छन्। मंगलबार झापाको दमक पुगेका मुख्यमन्त्री कार्की सवार गाडीलाई रोकेर पहिचानवादीहरूले ढुंगा हानेका हुन्।
दर्जन बढी संख्याका उनीहरूले मुख्यमन्त्री कार्कीविरुद्ध नाराबाजीसहित ढुंगा प्रहार गरेका हुन्। पहिचानवादीहरुले कालो झन्डा देखाउदै ढुङ्गा प्रहार गरेका थिए। गणतन्त्र चोकबाट दक्षिणस्थित एक पार्टी प्यालेसमा दमक नगरपालिकाले उक्त कार्यक्रम राखेको थियो।
त्यसक्रममा किरात प्रदेशको पक्षमा रहेकाहरूले कार्कीविरुद्ध नाराबाजी पनि गरेका थिए। पहिचानवादीले आक्रमण प्रयास गरेपछि प्रहरीले कार्की सवार गाडीलाई सुरक्षा दिएको थियो। अहिले प्रहरीले सडकक अवरोध पनि हटाएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी