Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलयू– १९ एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित

यू– १९ एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित


काठमाडौँ। यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ। दुबईको आईसीसीए २ मैदानमा नेपालले दिएको ५३ रनको सामान्य लक्ष्य भारतले ७ ओभर १ बलमा पूरा गरेको हो।

भारतको जितमा आर्शिन कुलकर्नीले अविजित ४३ रन तथा आदर्श सिंहले अविजित १३ रन जोडे ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २२ ओभर १ बलमै सबै विकेट गुमाएर ५२ रन मात्र जोड्न सक्यो।

नेपालका लागि हेमन्त धामीले ८ रन तथा दीपक बोहरा र अर्जुन कुमालले समान ७–७ रन बनाए। कप्तान देव खनाल २ रन, गुल्सन झा ४ रनमा आउट भए। यस्तै दीपक बोहरा १ तथा दीपक प्रसाद डुम्रे र उत्तम थापामगर शून्य रनमै पभेलियन फर्किए।

दिपेश कँडेलले ४ रन, सुवाश भण्डारीले २ रन र आकाश चन्दले ४ रन जोडे।

भारतका राज लुम्बानीले ७ विकेट लिए। यस्तै आराध्या शुक्लाले २ र आर्शिन कुलकर्नीले १ विकेट लिए। यू–१९ एसिया कप यो नेपालको तेस्रो हार हो। यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT