Techie IT
२०८१ असोज १०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालपुरुष पनि घरेलु हिंसामा !

पुरुष पनि घरेलु हिंसामा !


राँझा । बाँकेमा पुरुष पनि घरेलु हिंसामा परेको जनाउँदै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक महेश्वरी विष्टले जानकारी दिए ।

उनका अनुसार पुरुषको तर्फबाट पनि हिंसामा परेको उजुरी आइरहेका छन् । तर पुरुषले दिने उजुरीको तुलनामा महिलाको सङ्ख्या अत्यधिक छ । “अधिकांश हिंसामा परेको उजुरी महिलाको तर्फबाट आउने गरेका छन्”, प्रहरी निरीक्षक विष्टले भने, “कतिपय अवस्थामा पुरुषको तर्फबाट पनि उजुरी आइरहेका छन्, हामीले आवश्यक कारबाही गरिरहेका छौँ ।”

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कअनुसार बाँकेमा पछिल्लो तीन वर्षमा घरेलु हिंसाका दुई हजार सात सय ५० वटा उजुरी दर्ता भएका छन् । अधिकांश घटनामा महिला पीडित रहेका छन् । अहिले पुरुषले समेत आफूमाथि हिंसा भएको भन्दै उजुरी दिन थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा आव २०७७÷७८ मा सात सय ३८, २०७८÷७९ मा आठ सय ८९, २०७९÷८० मा आठ सय ८५ र चालु आवको साउनदेखि हालसम्म घरेलु हिंसामा परेको जनाउँदै तीन सय ३२ वटा उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले हिंसामा परेको भन्दै उजुरी दिने महिलामा बयान फिर्ता गरी उजुरी फिर्ता हुने प्रवृत्ति पनि देखिएको बताए ।

“निवेदन दिइसकेपछि कतिपय निवेदनकर्ता सम्पर्कमा आउँदैनन् । प्रतिशोध साँध्नका लागि उजुरी दिने र त्यसपछि वास्तै नगर्ने प्रवृत्तिसमेत बढ्दै गएको छ”, उनले भने, “उजुरी परेपछि हिंसासँग जोडिएका घटनालाई सुक्ष्मरूपले गम्भीरतापूर्वक अनुसन्धान गर्ने गरिएको छ ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केही नदीहरूमा बाढीको उच्च जोखिम, सतर्क रहन अपिल

काठमाडौँ । आइतबारसम्म देशका केही नदीहरूमा बाढीको जोखिम बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको

पहिरोले कुलेखानी–फाखेल–काठमाडौँ सडक अवरुद्ध

हेटौँडा । आज बिहान गएको पहिरोले हेटौँडा कुलेखानी फाखेल हुँदै काठमाडौँ जाने सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय

पूर्वसांसद ढाका श्रेष्ठ धरौटीमा रिहा

पोखरा । लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका ढाका श्रेष्ठलाई जिल्ला अदालत कास्कीले बुधबार ७५ हजार रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको

इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ

काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)बाट रेड नोटिस जारी भएका तीनजना फरार प्रतिवादीलाई नेपाल प्रहरीले दुबईमा पक्राउ गरी नेपाल ल्याएको

स्थानीय तह उपचुनावको तालिका सार्वजनिक, मंसिर २ गते उम्मेदवारको मनोनयन…

काठमाडौँ। निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता आव्हान गरेको छ

गरिब, असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा दिनुपर्ने:…

चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले गरिब, असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउने तर्फ अस्पताल तथा स्वास्थ्यकर्मीले

Techie IT