गृहपृष्ठ ∕ खेल ∕ नेपाल सुपर लिग: काठमाडौँ रेजर्स विजयीनेपाल सुपर लिग: काठमाडौँ रेजर्स विजयी नेपालीपत्र मंगलबार, २०८० मंसीर २६ गते, ०५:४५ मा प्रकाशित खेल काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा काठमाडौँ रेजर्सले पोखरा थन्डर्सलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा काठमाडौँले पोखरालाई २-१ गोलअन्तरले पराजित गर्यो ।खेलको दोस्रो हाफको अतिरिक्त समयमा जोकिर उगली शोख्रुखले गोल गरेपछि काठमाडौँको जित पक्का भएको थियो । त्यसअघि खेलको ५९औँ मिनेटमा पोखराका खेलाडी आयुष घलानले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।तर काठमाडौँका खेलाडी एनकुनगुए जुनियरले खेलको ८३औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक-एक गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा शोख्रुखले गोल गर्दै काठमाडौँको जित पक्का गरे ।यस जितसँगै काठमाडौँले पाँच खेलमा आठ अङ्क जोडेको छ । त्यस्तै समान खेल खेलेको पोखराको पनि समान आठ अङ्क नै छ । आज दशरथ रङ्गशालामा साँझ ५ बजे हुने खेलमा झापा फुटबल क्लब र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाईफाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेकाठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखिकाठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरूकाठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कोधेरै पढिएका खबर १ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै २ माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा ३ मकवानपुरमा चिकित्सक कुटपिटको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द ४ पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै ५ आज जैविक विविधता दिवस ६ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ७ बेलायती राजकुमार एडवार्ड नेपाल आउँदैThe Film Nepal