Techie IT
२०८१ असोज ७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिराष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने जसपाको निर्णय

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने जसपाको निर्णय


गोदावरी । जनता समाजावादी पार्टी, नेपालले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।

सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सम्पन्न जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको हो ।

बैठकले राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयनका लागि आगामी पुस १० गते केन्द्रीय कार्यकारिणी समितिको पुनः बैठक बस्ने निर्णय गरेको छ । यसका साथै, कार्यकारिणी समितिले यही पुस २५, २६ र २७ गते पार्टीको राजनीतिक समितिको बैठक आह्वान गरेको छ ।

जसपा नेपालले सञ्चालन गरेको तीन महिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गर्दै उक्त अभियानलाई पुस मसान्तसम्म थप प्रभावकारी ढङ्गले निरन्तरता दिने निर्णय गरेको छ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्दै जसपा नेपालले यसबीच सञ्चालन गरेको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण अभियान प्रभावकारी रहेको निष्कर्षसमेत निकालेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रा लिका पूर्व सञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई ५

मन्त्री भण्डारी र भुटानीमन्त्री छिरिङबीच भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भूटानी ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री ल्योन्पो जेम छिरिङबीच शिष्टाचार भेट भएको

इक्यानले १५ औं शैक्षिक मेला आयोजना गर्दै

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले १५ औं शैक्षिक मेला आयोजना गर्ने भएको छ । इक्यानले सोमबार पत्रकार सम्मेलन

माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा बर्दिया बढैयाताल गाउँपालिका-१ घर भई

काठमाडाैँ महानगरद्वारा २ महिनामा १ सय १४ मन्दिर, १ सय…

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौँमा

काठमाडौँ । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे नेपाल भ्रमणमा आएका छन् । राजापाक्षे पत्नीसहित भुटानको राजधानी थिम्पु हुँदै आज दिउँसो काठमाडौं

Techie IT