Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिराजेन्द्र महतोले बहिस्कार गरे केन्द्रीय कार्य समिति बैठक

राजेन्द्र महतोले बहिस्कार गरे केन्द्रीय कार्य समिति बैठक


काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्य समिति बैठक आज बस्दै छ। आजको बैठकमा पार्टीमा दोस्रो वरियताका नेता राजेन्द्र महतोले बैठकमा सहभागी नहुने भएका छन्।

पार्टीमा पछिल्लो पटक गरिएको केन्द्रीय पदाधिकारी र केन्द्रीय समिति विस्तारमा असन्तुष्ट महतोले आफ्नो मत सुनुवाइ नभएको भन्दै बैठकमा नजाने बताएका छन्।

महतोले दुई महिना अघि बसेको कार्यकारिणी समितिको बैठकमा पुरा नेताहरु पदाधिकारी र केन्द्रीय समितिमा छुटेकाले उनीहरुलाई समेट्नुपर्ने बताएका थिए। पार्टी अध्यक्ष महन्थ ठाकुरले पनि त्यसलाई सम्बोधन गर्ने बचन दिएका थिए। तर अहिलेसम्म पनि आफ्नो मतको सुनुवाइ नभएको भन्दै महतो असन्तुष्ट छन्।

लोसपाका महामन्त्री केशव झाका अनुसार कार्की ब्यांक्वेटमा बस्ने केन्द्रीय कार्य समितिको बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन र संगठन विस्तार लगायतका एजेण्डामा छलफल गर्ने कार्यसूची छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

पर्यटकको रोजाइमा विचित्र गुफा

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन् ।

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

Techie IT