Techie IT
२०८१ मंसीर ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठUKबेलायतका ‘राजकुमार’ले किन भने आफ्नै देशमा डर लाग्छ ?

बेलायतका ‘राजकुमार’ले किन भने आफ्नै देशमा डर लाग्छ ?


लण्डन । राजकुमार ह्यारीले बेलायतमा आफू सुरक्षित नभएको बताएका छन् । राजकुमारले आफ्नो परिवार बेलायतमा सुरक्षित महसुस नगरेको बताएका हुन् ।

राजकुमार ह्यारी राजा चार्ल्स तृतियका कान्छो छोरा हुन् । राजकुमारले सन् २०२० मा आफ्नी पत्नी मेगनसँग बेलायती राजपरिवार छाडेका थिए । दुवै जना अमेरिकाको क्यालिफोर्निया गएका थिए ।

राजकुमार ह्यारी बेलायती सरकारविरुद्ध मुद्दा लडिरहेका छन्। बेलायती सरकारले राजकुमार र उनको परिवारलाई जनताको खर्चमा शाही परिवारलाई दिइने सुरक्षा कभर हटाएको थियो।

ह्यारीले सरकारको यो निर्णयलाई सही नभएको भन्दै चुनौती दिएका छन् । लन्डन उच्च अदालतले मंगलबारदेखि यस विषयमा सुनुवाइ गर्दैछ। तर, सुरक्षाका कारण दैनिक सुनुवाइमा सञ्चारमाध्यम र सर्वसाधारणलाई समावेश नसकिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

राजकुमारले सन् २०२० मा देश छाड्न बाध्य भएको भन्दै अदालतमा दुःख व्यक्त गरेका थिए । राजकुमारले बेलायत आफ्नो घर भएको र आफ्ना छोराछोरीले बेलायतमा घरमै भएको महसुस गरून् भन्ने आफू चाहन्छन् तर सुरक्षाविना यो सम्भव नहुने कुरा दोहोर्‍याए।

हाल राजकुमार ह्यारीको परिवार बेलायतमा नभई अमेरिकामा बसिरहेको छ । ह्यारीका वकिलहरूले राजकुमारको सुरक्षा व्यवस्थामा परिवर्तन गर्नु तर्कसंगत नभएको बताएका छन् । राजकुमारका वकिलहरूले यसलाई अवैधानिक भनेका छन्।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित

किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सम्पन्न

लण्डन । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । यही

बेलायत निवासी नेपालीहरू कैलाश मानसरोवर यात्राका लागि प्रस्थान

लण्डन । बेलायत बस्ने नेपालीहरु कैलाश मानसरोवरको करिब तीन साताको यात्राका लागि प्रस्थान गरेका छन् । शिव कल्चरल एण्ड कम्युनिटी

इटालीको समुन्द्रमा जहाज दुर्घटना हुँदा बेलायती बिलिनियरको मृत्यु

रोम । इटालीको सिसिली टापु नजिकै आज बिहान बायेसियन नामको लक्जरी याट डुबेको छ । १८४ फिट लामो याटमा २२

समाजसेवी कार्कीको रेस्टुरेन्टलाई स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड

स्कटल्याण्ड । समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेको

प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतमा रहेको नेपाली दूतावासको अनुरोध

काठमाडाैँ । केही दिनदेखि बेलायतका विभिन्न शहरमा भइरहेको प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ

Techie IT