Techie IT
२०८१ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमालेको सङ्कल्प यात्रा पोखरामा

एमालेको सङ्कल्प यात्रा पोखरामा


कास्की । नेकपा (एमाले)ले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पोखरा आइपुगेको छ ।

एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा महानगरपालिका–७ नुवारथोकस्थित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा माल्र्यापण गरेर सो अभियानको पोखरामा सुरु गरेका छन् ।

यात्रामा रहेको टोलीलाई पोखराको जिरोकिमी र अमरसिंहचोकमा भव्य स्वागत गरिएको छ । सडकको किनारमा उभिएर पार्टीका नेता तथा कार्यकर्ताले यात्रामा रहेको टोलीलाई फूलमालाले स्वागत गरेका छन् ।

अमरसिंहचोकमा गण्डकी प्रदशेसभा सदस्य बेदबहादुर गुरुङले अध्यक्ष ओलीलाई अल्लोको धागोबाट बनेको भाङ्ग्रा लगाएर स्वागत गरे । पार्टी अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरु सङ्कल्प यात्रामा छन् ।

पोखराको तालचोक र रुपा गाउँपालिकाको तालबेंसीमा स्वागत कार्यक्रममा सहभागी हुने टोली दिउँसो रुपा गाउँपालिकाको पिपले बजार हुँदै लमजुङ प्रस्थान गर्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए ।

एमाले अध्यक्ष ओलीसहितको सङ्कल्प यात्राको टोलीलाई बिहीबार साँझ कास्की र पर्वतको सीमास्थल नयाँ पुलमा बाजागाजासहित स्वागत गरिएको थियो । कास्की प्रवेश गरेको सो टोलीलाई मध्यपहाडी राजमार्गन्तर्गत अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत तथा हेम्जामा स्वागतसहित सभा गरिएको हो ।

सो सभामा अध्यक्ष ओलीले पार्टीले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको बताएका थिए । उनले राष्ट्रियता, सुशासन र समृद्धिका लागि अभियान प्रभावकारी भएको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर क्विन्सले ट्यालेन्ट हन्ट गर्ने

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल)को टोली ललितपुर क्विन्सले असोज ५ गते ट्यालेन्ट हन्ट गर्ने भएको छ । जावलाखेलस्थित

प्रदेश सरकारलाई बलियो बनाएमा गणतन्त्र मजबुत हुन्छ: मधेस मुख्यमन्त्री सिंह

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने

जोमसोममा बसपार्क सञ्चालन

म्याग्दी । १८ वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले

श्रीलंकाको प्रस्तावित राजदूत भट्टराईको शैक्षिक योग्यता भेटिएन

काठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको न्यूनतम शैक्षिक योग्यता नपुग्ने देखिएको छ । सरकारले श्रीलंकाका लागि प्रस्तावित गरेका

संविधानविरुद्धमा प्रदर्शन गरेको आरोपमा ७ पक्राउ

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

Techie IT