गृहपृष्ठ ∕ खेल ∕ बुटवल र चितवनको बरबराबरीबुटवल र चितवनको बरबराबरी नेपालीपत्र शुक्रबार, २०८० मंसीर २२ गते, ०५:३३ मा प्रकाशित खेल काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र चितवन एएफसीबीचको खेल बराबरीमा टुङ्गिएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन् ।खेलको दोस्रो हाफको अत्तिरिक्त समयको पहिलो मिनेटमा बुटवलका स्टेफन समिर बियोङले गोल गरेपछि खेल एक–एक गोलको बराबरीमा सकिएको हो । बुटवलका मणि लामाले निकालेको पासमा चितवनका डिफेन्डरको बीचबाट बियोङले उत्कृष्ट गोल गर्न सफल भए ।त्यसअघि चितवनका उत्सव राईले खेलको दोस्रो हाफमा गोल गरेका थिए । खेलको ४८औँ मिनेटमा उत्सवले लामो दूरीबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।यससँगै बुटवलले चार खेलबाट चार अङ्क जोडेको छ । समान खेल खेलेको चितवनले पाँच अङ्क जोडेको छ । उक्त लिगअन्तर्गत आज वीरगञ्ज युनाइटेड फुटबल क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दैकाठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणाकाठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनबागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुईधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ३ मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै ४ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ५ दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक ६ संवैधानिक परिषद्को बैठक बस्दै ७ गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारThe Film Nepal