Techie IT
२०८१ कात्तिक १, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायली सेनाद्वारा दक्षिणी गाजामा ठुलो आक्रमण, अस्पतालहरू शवले भरिए

इजरायली सेनाद्वारा दक्षिणी गाजामा ठुलो आक्रमण, अस्पतालहरू शवले भरिए


एजेन्सी । इजरायलले अस्थायी युद्धविरामपछि गाजामा आक्रमणलाई तिब्र बनाएको छ । इजरायली आक्रमणका कारण गाजामा आक्रोश छ ।

इजरायली सैनिकहरू दक्षिणी गाजाको खान युनिस शहरको केन्द्रमा पुगेको र हमाससँग युद्ध भएको मिडिया रिपोर्टमा उल्लेख छ।

नजिकै सुरक्षित क्षेत्र नहुँदा पनि सर्वसाधारण यस क्षेत्रबाट पलायन हुन बाध्य भएको बताइएको छ ।

यो संघर्ष अक्टुबर ७ बाट सुरु भएको थियो ।

दुई महिनाका बीचमा प्यालेसटाइनले ठुलो क्षति भागेकोछ । आमनेसामने युद्ध लडिरहेको बेला, इजरायली वायुसेनाका विमानहरूले धेरै जनसंख्या भएको तटीय क्षेत्रमा हमासका लक्ष्यहरूलाई निशाना बनाए र भारी बमबारी गरेको बताइएको छ।

यस लडाइका कारण अस्पतालहरू मृत र घाइतेहरूले भरिएको मिडिया रिपोर्टमा उल्लेख छ।

तीमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् ।

प्यालेस्टिनी डाक्टरहरूले अस्पतालहरूमा चिकित्सा आपूर्तिको अभाव भएको बताएका छन्।

आम नागरिक बासको खोजीमा रहेको तर सडकमै बाँच्न बाध्य भएको बताइएको छ ।

इजरायली सेनाले बुधबार ट्याङ्कसहित दक्षिणी सहरतर्फ अग्रसर भएर खान युनिस सहरलाई घेरेर फायरिङ सुरु गरेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जर्मन एयरलाइन्स लुफ्थान्सालाई ४० लाख डलर जरीवाना

एजेन्सी । नागरिक अधिकार उल्लंघन गरेको भन्दै अमेरिकी यातायात विभागले सन् २०२२ मा १२८ यहूदी यात्रुलाई विमानमा चढ्न नदिएको घटनाका

नयाँ दिल्लीमा आतिशबाजी गर्न नपाइने

भारतले सङ्घीय राजधानी नयाँ दिल्लीमा आतिशबाजी गर्न पूर्ण प्रतिबन्ध गर्ने भएको छ । वायु प्रदूषण नियन्त्रण गर्न भन्दै भारतीय प्रशासनले

इजरायलले लेबनानमा सैन्य आक्रमण बढायो

एजेन्सी । इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहमाथिको जमीन आक्रमण थप बढाएको छ । हिजबुल्लाहमाथि हवाइ आक्रमण गरिरहेको इजरायलले गत हप्ताबाट जमीन

भारतको मुम्बईमा आगलागी हुँदा दुई बालबालिका सहित सात जनाको मृत्यु

एजेन्सी । भारतको दक्षिण पश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरकाे एक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित कम्तीमा सात जनाको मृत्यु

गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात

एजेन्सी । हमास लडाकूहरूले इजरायल माथि अहिले सम्मकै सबै भन्दा भयानक आक्रमण गर्दा उनीहरूले दुई सय ५१ बन्धकलाई गाजा पट्टीमा

लेबनानको बेरुतमा इजरायलको हवाई हमला जारी

एजेन्सी । इजरायलले लेबनान र गाजा पट्टीमा आफ्नो आक्रमण जारी राखेको छ । पछिल्लो पटक लेबनानको राजधानी बेरुतको दणिणी भागमा

Techie IT