सज्जा चौलागाई र न्ह्यू बज्राचार्यले ल्याए किनाराको ढुंगा
काठमाडौँ। नेपाल आइडलबाट चर्चा कमाएकी गायिका सज्जा चौलागाईको स्वर रहेको किनाराको ढुंगा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। गीतकार कमला न्यौपानेको शब्द तथा संगीतकार न्ह्यू बज्राचार्यको संगीत रहेको गीतमा प्रज्वल लामाको एरेन्ज रहेको छ।
भिडियोले आफ्नो प्रेमीको कल्पनामा डुबेकी मायालुको प्रेमाभावलाई बयान गरेको छ। भिडियोमा सुन्दरी मोडल सुयसा पौडेल गज्जबसँग खुलेकी छिन्।
भिडियोको निर्देशन गायक समेत रहेका अनुप रेग्मीले गरेका हुन्। निर्देशक रेग्मीले भिडियो रिलिज गरिएको छोटो समयमा नै राम्रो प्रतिक्रिया आइरहेको बताए। करिब २ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक हुन् अनुप। गायनको क्षेत्रमा एकपछि अर्को सृजना लिएर बजारमा आइरहेका बेला उनले आफ्नै निर्देशनमा किनाराको ढुंगा बोलको गीतको भिडियो बजारमा ल्याएका हुन्।
रेग्मीको स्वरमा नै रहेको अर्को नयाँ गीतको भिडियो रिलिजको क्रममा रहेको छ। सार्वजनिक भिडियोमा किनाराको ढुंगामा शुशिल बिक्रम शाहको कन्सेप्ट रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन्। विकाश दाहालले सम्पादन गरेको भिडियो तरंग द वेभ क्रियशनबाट बजारमा आएको हो।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा
काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा
काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०
काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,
काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज
काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन