गृहपृष्ठ ∕
नेपाल ∕
राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते
काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। आउँदो माघ ११ गते हुने १९ पदको निर्वाचन कार्यक्रम स्वीकृत गरिएको हो।
कार्यतालिकाअनुसार पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन गरिनेछ। प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य सोही दिनदेखि सुरु भएर पुस २२ गते सकाइनेछ। पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।
यस्तै पुस २३ गते उम्मेदवारको मनोनयन दर्ताका लागि समय तोकिएको छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मनोनय दर्ता हुने आयोगले जनाएको छ।
मनोनय दर्ता पश्चात उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुष २४ गते हुने बताइएको छ। पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। माघ ११ गते बिहान ९ देखि ३ बजेसम्म मतदान हुने आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी