Techie IT
२०८१ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजार ७ अङ्कले घट्यो

शेयर बजार ७ अङ्कले घट्यो


काठमाडौँ। आज आइतबार शेयर बजार ७ अङ्कभन्दा धेरैले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज आइतवार ७ दशमलव २९ अङ्कले घटेर १ हजार ८ सय ५१ दशमलव २३ विन्दुमा झरेको छ।

आज माइक्रोफाइनान्सबाहेक सबै समूहको शेयर घटेको छ। आज बीमा, होटल तथा पर्यटन, विकास बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ। आज माउन्टेन इनर्जी नेपाल, युनाइटेड आईडीआई मर्दी र एनआरएन इन्फ्रस्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ। समग्र बजार घटेको दिन थ्री स्टार हाइड्रोपावरको शेयर साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

आज ३४ लाख १९ हजार कित्ता शेयर ९६ करोड ४० लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ६ करोड ९५ लाख रुपैयाँको शेयर किनबेच भयो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सशस्त्र प्रहरीसम्बन्धी विधेयक अर्थ मन्त्रालय पठाइयो

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय-परामर्शका लागि अर्थ मन्त्रालय पठाएको छ। विधेयकमाथि

सुनको भाउमा नयाँ कीर्तिमान

काठमाडौं । तीजको दिन सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको हो। नेपाल सुनचाँदी

इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशन

काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरूलाई स्वीकृति लिएर मात्र शुल्क निर्धारण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । इन्टरनेट सेवा

शरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति

काठमाडौँ । यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका

शेयर बजार आज पनि घट्यो

काठमाडाैँ । शेयर बजार आज पनि घटेको छ । हिजो ९० अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १२

सुनको मूल्य चार दिनदेखि स्थिर

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य चार दिनयता स्थिर छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार

Techie IT