एजेन्सी । रणबीर कपुरले आफ्नो दमदार अभिनयले बिस्तारै मानिसको मनमा राज गरिरहेका छन् ।
हालै रिलिज भएको उनको बहुप्रतिक्षित फिल्म एनिमलले हलचल मच्चाएको छ ।
फिल्मले सलमानको टाइगर ३ लाई पनि बक्स अफिसमा पराजित गरेको छ ।
यो फिल्मको क्रेज विश्वभर नै देखिएको छ । तर, यो फिल्म ब्लकबस्टर साबित हुने अनुमान अग्रिम बुकिङदेखि नै थियो ।
एनिमलले हिन्दी भाषामा कुल ५० करोडको व्यापार गरेको छ । पहिलो दिन फिल्मले तेलुगुमा १० करोड, तमिलमा ०.४ र कन्नडमा ०.०९ कमाएको छ । यति मात्र होइन, यो रणवीर कपूरको सबैभन्दा ठूलो ओपनर बनेको छ ।
यसले सेन्सर बोर्डबाट ‘ए’ सर्टिफिकेट पनि पाएको छ । तर, रिलिज हुनुअघि नै फिल्मले ओपनिङ डेमै ६० करोड कलेक्सन गर्न सक्ने अनुमान गरिएको थियो ।