गृहपृष्ठ ∕
खेल ∕
जिम्बाबेलाई पराजित गर्दै युगाण्डा टी– २० विश्वकपमा छनोट जिम्बाबेलाई पराजित गर्दै युगाण्डा टी– २० विश्वकपमा छनोट
काठमाडौँ। अफ्रिकी क्षेत्रबाट युगाण्डा टी– २० विश्वकप छनोट भएको छ। युगाण्डाले विश्वकप छनौट अन्तर्गतको अन्तिम खेलमा विहिबार रुवाण्डालाई ९ विकेटले पराजित गर्दै २०२४ मा हुने टी– २० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो।
रुवाण्डाले दिएको ६६ रनको लक्ष्य पछाएको युगाण्डाले ८.१ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। यसअघि पहिला ब्याटिंग गर्दै रुवाण्डाले १८.५ ओभरमा अलआउट हुदै ६५ रन मात्र बनाएको थियो।
योसँगै युगाण्डा पहिलो पटक टी– २० विश्वकपमा छनौट भएको छ। अफ्रिकी क्षेत्रबाट नामिबिया र युगाण्डा छनौट भएसँगै टेस्ट खेल्ने देश जिम्बाबे टी– २० विश्वकपमा छनौट हुन असफल भएको छ। जिम्बाबे यसअघि ६ पटक टी– २० विहस्व्क्पा खेलेको थियो।
साथै यस अघि २००७ मा टी– २० विश्वकप खेलेको केन्या पनि विश्वकपमा छनौट हुन असफल भएको छ। ७ देशले विश्वकपको छनौटमा भाग लिएकोमा रुवाण्डा, तान्जानिया, नाइजेरिया भने यसअघि नै बाहिरिइ सकेका थिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग
काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का
काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा
काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ
काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष