एजेन्सी । पाकिस्तानमा चुनावी उथलपुथलका बीच पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) का वरिष्ठ उपाध्यक्ष शेर अफजल मारवतले ब्यारिस्टर गौहर खान पाकिस्तान तहरीक ए इन्साफको अध्यक्ष पदका लागि दावेदार हुने स्पष्ट पारेका छन्।
इमरान खानले ब्यारिस्टर गौहरलाई पीटीआई नेतृत्वको लागि आफ्नो उत्तराधिकारीको रूपमा छानेको बताइएको छ ।
पाकिस्तानमा फेब्रुअरी ८ मा आम निर्वाचन हुँदैछ।
पाकिस्तानको निर्वाचन आयोगले पाकिस्तान तहरीक ए इन्साफलाई भनेको छ कि यदि पीटीआईले आफ्नो चुनावी चिन्ह बल्ला कायम राख्न चाहन्छ भने २० दिनको समयसीमाभित्र पार्टीभित्र चुनाव गराउनुपर्नेछ।
आउने मङ्गलबार ब्यारिस्टर गौहर खान पीटीआई अध्यक्ष पदका लागि उम्मेदवार हुने बताएका छन् ।
इमरान खानले कानुनी मुद्दाका कारण अध्यक्ष पदबाट राजीनामा दिने निर्णय गरेका छन् ।
इमरान खान हाल रावलपिंडीको अदियाला जेलमा छन् ।