Techie IT
२०८१ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘दुखी आत्मा’ बनाउँदै दिपेन्द्र लामा

‘दुखी आत्मा’ बनाउँदै दिपेन्द्र लामा


काठमाडौँ। लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने नयाँ फिल्मको नाम ‘दुखी आत्मा’ राखिएको छ। ‘नाङ्गो गाउँ’ कै ब्यानर क्लक वर्क कृएसन्स र हिमाल कडरिया निर्माता रहेको फिल्मको प्रमुख अभिनेतामा दयाहाङ राई अनुबन्धित् भइसकेका छन्।

हाल स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको ‘दुखी आत्मा’ निर्देशक लामा र निर्माता कडरियाबीच ‘नाङ्गो गाउँ’ पछि दोश्रो पटक सहकार्य हुन लागेको हो। ‘नाङ्गो गाउँ’ को सफलतासँगै निर्माता कडरियाले निर्देशक लामाकै लेखन,निर्देशनमा एउटा बेनामे र अर्काे ‘नाङ्गो गाउँ–२’ गरी दुई फिल्म निर्माण गर्ने घोषणा गरेका थिए। अहिले आएर फिल्म नाम ‘दुखी आत्मा’ तय गरिएको हो।

०८० को अन्त्यतिरबाट छायांकन सुरु गरिने फिल्मका अभिनेत्री लगायत अन्य कलाकर तथा प्राबिधिक चयन कार्य बाँकी छ। काठमाडौंमै खिचिने फिल्म सोसियल कमेडी जनराको हुने जानकारी निर्देशक लामाले दिएका छन्।

निर्देशनको हिसाबले ‘दुखी आत्मा’ निर्देशक लामाको छैठौं फिल्म हो। यसअघि उनले ‘घामपानी’,‘गोपी’,‘छ माया छपक्कै’,‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ निर्देशन गरिसकेका छन्। अर्थपूर्ण बिषयबस्तुमा फिल्म बनाउदै आएका लामाका फिल्म लगालग हिट छन्। ‘बाहिर हामी सबैको मुहार हसिलो देखिए पनि भित्रभित्रै कति दुखी भइरहेका हुन्छौं, त्यही अबस्थालाई प्रतिकात्मक रुपमा पर्दामा उतार्न खोज्दैछौं,’ निर्देशक लामाले भने,‘फिल्मले मानवीय स्वभावका बिभिन्न आयाम प्रस्तुत गर्ने बिश्वास लिएको छु।’

अभिनेता दयाहाङ र निर्देशक दीपेन्द्रको ‘घामपानी’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ पछि चौथोपटक ‘दुखी आत्मा’ मा सहकार्य हुदैछ। अधिकांश प्राबिधिक टोली ‘नाङ्गो गाउँ’ कै रहने यो फिल्मको बितरण पनि आरआर फिल्मस्ले गर्दैछ। फिल्मको प्रदर्शन मिति छायांकन सुरुसँगै सार्वजनीक गरिने जानकारी निर्माता कडरियाले दिएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हरिवंश आचार्य र प्रकाश सपुतको प्रमुख भूमिकामा हरिबहादुरको जुत्ता बन्ने

काठमाडौँ । अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहनेगरी फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । फिल्मलाई

चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ । छायांकन सकेर सम्पादनको टेबुलमा रहेको चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरसँगै रिलिज डेट

चलचित्र ‘वर एन्ड बधु’ आजदेखि प्रदर्शनमा

काठमाडाैँ । चलचित्र ‘वर एन्ड बधु’ आजदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ । मिलन चाम्सको निर्देशनमा बनेको यो चलचित्रमा

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले रिलिज डेट घोषणा गर्दै

‘एक्टर’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक

काठमाडौँ । पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘एक्टर: टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज थिम

काठमाडौँ । दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ले रिलिज डेट लिएको छ । तिहारको अवसर पारेर ‘मायावी’ कात्तिक १५ गते रिलिज

Techie IT