गृहपृष्ठ ∕
खेल ∕
कोशीलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा कोशीलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा
पोखरा। कोशी प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालाको क्रीकेट मैदानमा मंगलबार कोशी प्रदेशलाई ३९ रनले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो।
टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनाएको थियो। आर्मीले दिएको १८७ रनको लक्ष्य पछ्याएको कोशी १८.२ ओभरमा १४७ रन बनाउँदै अलआउट भएको हो।
कोशीका लागि ओपनर सोनु अन्सारीले सर्वाधिक ४४ रन बनाए। यस्तै समिर कार्कीले ३४, सुजन थपलियाले २१ र विकेटकिपर ब्याटर मिनाश थापाले १६ रन बनाए।
यता आर्मीका लागि ओपनर सन्तोष कार्की र भीम सार्कीले अर्धसतक प्रहार गरेका थिए। सन्तोष ४१ बलमा ५० रन बनाएर रिटार्ड हर्ट र भीम २४ बलमा ५३ रन बनाएर आउट बनाए। आर्मीका कप्तान बिनोद भण्डारीले १७ र रोहित पौडेलले २३ को यागदान दिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग
काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का
काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा
काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ
काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष
बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई