Techie IT
२०८१ मंसीर ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालबुद्ध एयरको जहाजले किन गर्‍यो ‘ओभरसुट’ ?

बुद्ध एयरको जहाजले किन गर्‍यो ‘ओभरसुट’ ?


काठमाडौँ । बुद्ध एयरको जहाजले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा ‘ओभरसुट’ गरेको छ । काठमाडौँबाट यात्रु बोकेर उडेको जहाजले सोमबार साँझ करिब ७ बजे चन्द्रगढी विमानस्थलमा अवतरणका क्रममा ओभरसुट गरेको हो ।

बुद्ध एयरको जहाज धावनमार्गमा अवतरणको अन्तिम चरणमा स्याल देखिएपछि जहाजले ओभरसुट गरेको विमानस्थलका सूचना अधिकारी किशोरकुमार खत्रीले जानकारी दिए ।

उनले भने, “काठमाडौँबाट आएको जहाज अवतरण गर्ने ‘फाइनल प्वाइन्ट’ मा आइसकेपछि धावनमार्गमा स्याल देखियो । हामीले सामान्यतया धावनमार्गमा स्याल, कुकर वा कुनै शङ्कास्पद वस्तु देखिएमा पहिला धावनमार्ग क्लियर गरेर मात्रै जहाज अवतरण गर्ने अनुमति दिन्छौँ । सोही प्रक्रिया गर्दा समय करिब १० मिनेटको समय लाग्ने भएकाले जहाजलाई ‘मिस अप्रोच’ गराएर सुरक्षित अवतरण गरिएको हो ।”

रातिको समयमा इन्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) भएकाले धावनमार्ग क्लियर गर्न लगाएर जहाजलाई सुरक्षित अवतरण गराइएको थियो ।

धावनमार्गमा स्याल देखिएपछि विमानस्थलका ‘एयर ट्राफिक कन्ट्रोलर’ (एटिसी)ले मिस अप्रोच लागि विमान चालक (पाइलट) लाई अनुरोध गरेका थिए । मानिस र सवारीसाधनको सहायताले धावनमार्ग उडानयोग्य बनाइएको थियो ।

“रात्रिकालीन उडान भएकाले केही असहज भएको हो हामी सचेत छौँ, जहाज उडान तथा अवतरण गर्नुअघि विमानस्थलका कर्मचारीले धावनमार्गको चेकजाँच गरिँदै आएको छ । सुरक्षित उडानका लागि सबै जिम्मेवारपूर्वक लागेका छौँ”, सूचना अधिकारी खत्रीले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आज काठमाडौंको यी स्थानमा बिजुली काटिने

काठमाडौं । काठमाडौंको लाजिम्पाट, पानीपोखरी, बालुवाटार लगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले आज(मंगलबार) बिजुली काटिने जनाएको छ

‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’

ललितपुर । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ‘स्मार्ट सिटी’ हुनका लागि हिंसारहित समाज अनिवार्य रहेको बताएका छन् । ललितपुर महानगरपालिकाद्वारा

धरानको घण्टाघर घुम्न जाने पर्यटक बढदै

काठमाडौं । धरान उपमहानगरपालिका २ स्थित धरानको भानु चोक अवस्थित घन्टाघर घुम्न जाने पर्यटक बढेका छन । हङकङ मन्च नगर

कञ्चनपुरको लालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो

कञ्चनपुर । जङगली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्ला जाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य

राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालनमा आउन केही दिन लाग्ने

काठमाडौं । राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालनमा आउन केही दिन लाग्ने भएको छ । राहदानी प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरुमा

सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसारहित समाज निर्माण गर्न

Techie IT