गृहपृष्ठ ∕
नेपाल ∕
तनहुँमा डेङ्गु संक्रमितको सङ्ख्या सात हजार नाघ्याे तनहुँमा डेङ्गु संक्रमितको सङ्ख्या सात हजार नाघ्याे
तनहुँ । जाडोसँगै डेङगु हराउनु पर्नेमा तनहुँमा अझै सङ्क्रमण रोकिएको छैन। डेङ्गु देखा पर्नेक्रम जारी हुनसक्ने भएकोले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन्।
तनहुँमा डेङ्गु संक्रमितको सङ्ख्या सात हजार नाघेको छ। तनहुँको दश पालिकामा शनिबारसम्ममा सात हजार १६६ जनालाई डेङ्गुको सङ्क्रमण भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार पालिकामध्ये सबैभन्दा बढी प्रभावित व्यास नगरपालिकामा पाँच हजार आठ सय २२ सङ्क्रमण भएको छ।
अन्य नौ पालिकामा एक हजार तीन सय ४४ सङ्क्रमित छन्।
चाडपर्वको समयमा डेङ्गुबाट सङ्क्रमण धेरै भएकाले बिरामीको चाप धेरै हुँदा उपचारमा समस्या भएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले बताए।
जोगिन सुत्ने समयमा झूलको प्रयोग, पूरा बाउला भएको कपडा प्रयोग गर्ने तथा घर वरिपरि पानी जम्न नदिन चिकित्सकले सुझाव दिएका छन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी