बेन स्टोक्सले आउँदो आईपीएल नखेल्ने
एजेन्सी । इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्स कामको बोझ र फिटनेस व्यवस्थापनका कारण इन्डियन प्रिमियर लिग २०२४ (आईपीएल)मा देखिने छैनन् ।
उनको फ्रेन्चाइज चेन्नई सुपर किंग्सले बिहीबार यो घोषणा गरेको हो । ‘इङ्गल्याण्डका टेस्ट कप्तान, अलराउन्डर बेन स्टोक्सले आफ्नो कामको बोझ र फिटनेस व्यवस्थापनका कारण आईपीएल २०२४ मा भाग लिने छैनन् ।’ चेन्नईले बिहीबार एक विज्ञप्तिमा भन्यो । ‘सिएसके व्यवस्थापन स्टोक्सलाई आईपिएलअघि भारतसँगको ५ टेस्ट शृङ्खला र त्यसपछि जुन २०२४ मा टी–२० विश्वकप खेल्न इङ्गल्याण्डसँग आफ्नो कार्यभार व्यवस्थापन गर्ने निर्णयमा समर्थन गर्दछ ।’
२५ जनवरीदेखि ११ मार्च २०२४ सम्म भारत र इंग्ल्याण्डबीच भारतमा ५ टेस्टको शृंखला हुनेछ ।
स्टोक्सलाई आईपीएल २०२३ को लिलामीमा चेन्नई सुपर किंग्सले १६.२५ करोड भारुमा किनेको थियो । उनले टोलीको अपेक्षा पूरा गर्न सकेनन् र केवल २ खेल खेले । स्टोक्सले गुजरात टाइटन्सविरुद्ध ७ रन र लखनउविरुद्ध ८ रन बनाएका थिए । लखनउविरुद्ध बलिङ गर्दा स्टोक्सले एक ओभरमा १८ रन दिएका थिए । चोटका कारण उनी सिजनको मध्यमा स्वदेश फर्किएका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग
काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का
काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा
काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ
काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष
बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई