Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेल‘केपी ओली कप राष्ट्रिय क्रिकेट’मा बागमतीको विजयी सुरुआत

‘केपी ओली कप राष्ट्रिय क्रिकेट’मा बागमतीको विजयी सुरुआत


कास्की । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा बिहीबारदेखि सुरु भएको प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुआत गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी (रातो)लाई एक सय नौ रनले पराजित गरी बागमतीले विजयी सुरुआत गरेको हो । सुरुआती ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरको खेलमा सात विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।

खेलमा जीतका लागि एक सय ८५ रनको लक्ष्य पछ्याएको आयोजक रातो १४ ओभरको दोस्रो बलमा अलआउट हुँदै जम्मा ७५ रनमात्र जोड्न सफल भयो । ‘म्यान अफ दि म्याच’ घोषित बागमतीका रीत गौतमले ५३ बलमा आठ चौका र तीन छक्कासहित ७४ रनको महत्वपूर्ण पारी खेले । शुभ कंसाकारले २२ बल खेल्दै २७ रन बनाए । आयोजक रातोका बिप्रासन केसीले दुई तथा सन्देश थापा र सन्तोष यादवले समान एक–एक विकेट लिए ।

बागमतीका सन्दीप लामिछानेले चार तथा सुवास खत्रीले तीन विकेट लिए । आयोजकका अमर मिश्र र विजय प्रजापतिले समान १३–१३ रन, सन्तोष यादव १२ र निर्मल थापाले १० रन बनाए पनि अन्यले दोहोरो अङ्कको रन ल्याउन सकेनन् ।

शुक्रबार दोस्रो दिनको खेल कर्णाली र बागमती प्रदेश तथा दोस्रो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लबका बीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एकेडेमीका संरक्षकसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीको सम्मानमा उनको नाममा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गरिएको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले बताए । प्रतियोगिताको उद्घाटन अध्यक्ष ओलीले गरेका हुन् ।

प्रतियोगिताको च्याम्पियन टोलीलाई रु पाँच लाख, शिल्ड, पदक, प्रमाणपत्रसहित पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, पदक, प्रमाणपत्रसहित पुरस्कार दिइने अध्यक्ष आचार्यले जानकारी दिए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ दि सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ रु २० हजार र ‘म्यान अफ दि म्याच’ले नगद रु पाँच हजार पुरस्कार पाउनेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT