विश्वकप छनोट: नेपाल यमनसँग पराजित
काठमाडौँ । फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाल यमनसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा समूह ‘ए’ अन्तर्गत आज भएको खेलमा नेपाल यमनसँग ०–२ गोलअन्तरले पराजित भएको हो । यमनको जीतमा ओमर अब्दुल अल दाहीले र मोहम्मद अब्दुल्लाह अल दाहीले समान एक एक गोल गरे । ओमरले खेलको ७२औँ मिनेटमा गोल गर्दै यमनलाई पहिलो अग्रता दिलाए ।
त्यस्तै खेलको ९०औँ मिनेटमा मोहम्मदले एक गोल थप्दै आफ्नो टोलीको जीत सुनिश्चित गरे । नेपालले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा प्रतियोगितामा हार बेहोर्न बाध्य बन्यो ।
यसजीतसँगै यमनले शीर्ष तीन अङ्क जोडेको छ । नेपालको भने यो लगातार दोस्रो हार हो । यसअघि छनोटको दोस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट् (युएई)सँग ०–४ गोलअन्तरले पराजित भएको थियो ।
त्यस्तै यमन बहराइनसँग ०–२ गोलअन्तरले पराजित भएको थियो । उक्त प्रतियोगिताको छनोटअन्तर्गत तेस्रो र चौथो खेल आगामी मार्चमा हुनेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग
काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का
काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा
काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ
काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष
बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई