Techie IT
२०८१ असोज ८, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालसर्लाहीमा गाडीको ठक्करबाट छठ बर्तालुको मृत्यु

सर्लाहीमा गाडीको ठक्करबाट छठ बर्तालुको मृत्यु


मलङ्गवा । सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा आज बिहान गाडीले ठक्कर दिँदा एक छठ बर्तालु महिलाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविण कार्कीले जानकारी दिए । नोचास्थित छठ घाटमा छठ पूजा गरेर घर फर्किंदै गरेकी पोखरेललाई मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको हो ।

महिलालाई ठक्कर दिइ चालक भाग्ने क्रममा सोही गाडीको ठक्करबाट सडक सुरक्षार्थ खटिएका ट्राफिक प्रहरी हवल्दार सुबोधकुमार यादव घाइते भएको  प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए । बायाँ खुट्टा भाँचिएका हवल्दार यादवलाई उपचारका लागि लालगढ अस्पताल लगिएको छ ।

सडक छेउमा रोकिराखेको बागमती प्रदेश–०२–०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत सो ठक्कर दिएर क्षति पुर्याएको छ । चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पर्वतमा विद्युतीय सवारी साधनको संख्या बढ्दो

पर्वत । पर्वतमा विद्युतीय सवारी साधनको संख्या बढदै गएको छ । पर्वत सदरमुकाम कुश्मा हुँदै पोखरा, काठमाडौँ चल्ने सवारी साधनमा

सिरहामा छोराको कुटपिटबाट बुवाको मृत्यु

सिरहा । आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ । निजमाथि ६५ वर्षीय पिता

‘दसैं तिहारमा सौराहा’ योजना

चितवन । नेपालीहरुको महान चाड दशैं तिहारलाई लक्षित गरी चितवनको सौराहामा रहेको जङ्गल सफारी लजले “दसैं तिहार सौराहामा” योजना ल्याएको

अधिकतम मूल्यभन्दा बढीमा सामान बिक्री गरे महानगरले कारबाही गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र सञ्चालित खुद्रा तथा थोक पसलबाट अधिकतम मूल्यभन्दा बढीमा सामान बिक्री भएको पाइए कारबाही गर्ने चेतावनी

अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच बेइजिङमा भेटवार्ता

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो

प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता

अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे

Techie IT