Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलभारतका कोहली विश्वकपका सर्वोत्कृष्ट खेलाडी

भारतका कोहली विश्वकपका सर्वोत्कृष्ट खेलाडी


एजेन्सी । अष्ट्रेलियाले आईसिसी एकदिवसीय क्रिकेट विश्वकप–२०२३ को उपाधि जित्यो । आइतबार अहमदाबादमा भएको फाइनलमा भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि चुमेको हो ।

अष्ट्रेलिया योसँगै छैटौँ पटक विश्वविजेता बनेको छ । अष्ट्रेलियाले यसअघि सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा उपाधि चुमेको थियो ।

यो खेलपछि भारतका दिग्गज ब्याट्सम्यान विराट कोहलीलाई प्लेयर अफ द टुर्नामेन्टको अवार्ड दिइएको थियो ।

कोहली विश्वकपमा प्लेयर अफ द टुर्नामेन्टको उपाधि जित्ने भारतका तेस्रो खेलाडी हुन् । यसअघि सन् २००३ मा सचिन तेन्दुलकर र २०११ मा युवराज सिंहले यो अवार्ड जितेका थिए । जसमध्ये सचिन तेन्दुलकर फाइनलमा पराजित भएको टिमका सदस्य थिए ।

टोलीमा पूर्व कप्तान विराट कोहलीले एन्कर ब्याट्सम्यानको भूमिका निर्वाह गरे । यही कारण हो कि टीम इन्डियाले मध्य ओभरमा धेरै विकेट गुमाउनु परेन । विराटको फर्म हेर्न लायक छ र उनले ९५.६२ को औसतमा ७६५ रन बनाए, जुन विश्वकपको इतिहासमा सर्वाधिक हो । यस अवधिमा उनले तीन शतक र ६ अर्धशतक प्रहार गरे । यो विश्वकपमा कोहलीको उत्कृष्ट स्कोर ११३ रन हो ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT