Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलविश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेल: अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुदैँ

विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेल: अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुदैँ


एजेन्सी । विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेल अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुदैँछ । । यी दुई टोली भारतीय समय अनुसार दिउँसो २ बजे कोलकाताको इडेन गार्डेनमा आमनेसामने गर्दैछन् ।

यस प्रतियोगितामा दुवै टोलीको प्रदर्शन निकै उत्कृष्ट रहेको छ ।

लिग चरणको अंक तालिकामा दक्षिण अफ्रिका दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा छ ।

यस्तो अवस्थामा यसपटक इडेन गार्डेनको पिचबाट कुन टोलीले बढी फाइदा लिन सक्छ भन्ने जानकारी गरौं।

खेलको शुरुवातमा इडेन गार्डेनको पिचमा फास्ट बलरहरुको अलिकति हावी रहेको र ब्याट्सम्यानहरुलाई खेल्न संघर्ष गर्नु परेको छ ।

तर, बल पुरानो भएपछि ब्याट्सम्यानहरु यो मैदानमा हावी हुने गरेका छन् । यससँगै मैदानको आउटफिल्ड पनि निकै छिटो छ ।

यही कारण इडेन गार्डेनमा धेरै रन बन्ने गरेको छ । तर, यस मैदानमा स्पिनरको शक्ति पनि देख्न सकिन्छ। यस मैदानमा भएको पछिल्लो खेल इंग्ल्याण्डले ९३ रनले जितेको थियो । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ३३७ रन बनाएको थियो भने दक्षिण अफ्रिकालाई २४४ रनमा अलआउट गरेको थियो ।

कोलकाताको इडेन गार्डेन स्टेडियममा हालसम्म ३५ ओडिआई खेल भइसकेको छ । यी खेलमध्ये पहिले ब्याटिङ गर्ने टोलीले २१ खेल जितेको छ भने पछि ब्याटिङ गर्ने टोलीले १३ खेल जितेको छ । योसँगै एउटा खेल पनि रद्द भएको छ । यस मैदानमा पहिलो इनिङ्सको औसत स्कोर २४० रन हो ।

अष्ट्रेलियाली टोलीः प्याट कमिन्स (कप्तान), स्टिभ स्मिथ, एलेक्स केरी, जोस इंग्लिस, सिन एबोट, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, मार्नस लाबुस्चेन, मिच मार्स, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा, मिचेल स्टार्क ।

दक्षिण अफ्रिका टोलीः टेम्बा बाभुमा (कप्तान), गेराल्ड कोएत्जी, क्विन्टन डी कक, रीजा हेन्ड्रिक्स, मार्को जेन्सेन, हेनरिक क्लासेन, केशव महाराज, एडेन मार्कराम, डेभिड मिलर, लुंगी एनगिडी, एन्डिले फेहलुकवायो, कागिसो रबाडा, तबरेज शाम्सी, कागिसो रबाडा। डुसेन, लिजाद विलियम्स।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT