गृहपृष्ठ ∕ खेल ∕ कोहलीको कीर्तिमानी शतकमा न्युजिल्याण्डलाई भारतको विशाल लक्ष्यकोहलीको कीर्तिमानी शतकमा न्युजिल्याण्डलाई भारतको विशाल लक्ष्य नेपालीपत्र बुधबार, २०८० कात्तिक २९ गते, १८:१७ मा प्रकाशित खेल एजेन्सी । एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गत पहिलो सेमिफाइनलमा भारतले न्युजिल्याण्डसामु ३९८ रनको विशाल लक्ष्य दिएको छ । मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३९७ रन जोड्यो ।भारतका लागि विराट कोहलीले कीर्तिमानी शतकीय पारी खेले । उनले ११३ बलमा ११७ रन जोडे । उनको यो एकदिवसीय क्रिकेटमा ५० औं शतक हो । उनले यस मामिलामा सचिन तेन्दुलकरलाई पछि पारे । सचिनले एकदिवसीय क्रिकेटमा ४९ शतक बनाएका थिए ।यस्तै, श्रेयस ऐय्यरले ७० बलमा १०५ रनको शतकीय पारी खेले । शुभमन गिलले ६६ बलमा ८० रनको योगदान दिए । उनी चोट बोकेपछि रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिएका थिए । यस्तै रोहित शर्माले २९ बलमा ४७ रन बनाए भने केएल राहुल ३९ रनमा अविजित रहे ।बलिङतर्फ न्युजिल्याण्डका टिम साउथीले तीन तथा ट्रेन्ट बोल्टले एक विकेट लिए । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माणपाँचथर । याङवरक गाउँपालिकाले बीचगाउँमा बहुउद्देश्यीय कभर्डहल निर्माण गरेको छ । पालिकाले सङ्घीय र कोशी प्रदेश सरकारसँगको लागत साझेदारीमा रु ललितपुर क्विन्सले ट्यालेन्ट हन्ट गर्नेकाठमाडौं । एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल)को टोली ललितपुर क्विन्सले असोज ५ गते ट्यालेन्ट हन्ट गर्ने भएको छ । जावलाखेलस्थित नेपाल पुलिस र माल्दिभ्सको क्लब वाम्कोबीच प्रतिस्पर्धा हुँदैकाठमाडौँ । नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनशिपको चौथो खेलमा आज माल्दिभ्सको क्लबसँग खेल्दैछ । पुलिस क्लब र क्यानाडामा जारी त्रिदेशीय श्रृंखलामा नेपाल ओमानसँग पराजितकाठमाडौँ । क्यानाडामा जारी त्रिदेशीय क्रिकेट श्रृंखलामा नेपालले लगातार दोस्रो हार भोगेको छ । किङ्ग सिटीमा गएराति भएको खेलमा नेपाललाई ५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको मृत्युकाठमाडौँ । पाँचौं मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ । ४५ वर्षीय राईलाई एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा…काठमाडाैँ । एन्फा महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिकाधेरै पढिएका खबर १ सहकारी छानबिन समितिले आज संसदमा प्रतिवेदन पेस गर्दै २ अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ: राष्ट्रपति पौडेल ३ कांग्रेस पदाधिकारी बैठक बस्दै ४ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ५ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत ६ प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने ७ इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशनThe Film Nepal